नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराका एकजना कोरोना सँक्रमितको डडेल्धुरामा मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा उद्योग बाणिज्य संघ बाजुराका द्धित्तिय उपाध्यक्ष तथा व्यापारी धर्म रोकाया रहेेका छन् ।
कोरोना संक्रमित रोकायाको डडेल्धुरा उपक्षत्रीय अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।रोकायालाई केही दिन अघि मात्रै कोरोना पुष्टि भएको थियो ।
रोकायाको उपचार जिल्ला अस्पताल बाजुरामा सम्भव नभएपछि उनलाई डडेल्धुरा अस्पतालमा लगिएको थियो ।गौमुल गाउँपालिका घर भएका रोकायाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा निधन भएको उद्योग वाणिज्य संघ बाजुराका कार्यालय प्रमुख टेकबहादुर धामीले बताएका छन् ।
रोकाया डेढदशक देखि मार्तडीमा र ४ वर्षदेखि गौमुलको घटमुना बजारमा व्यापार व्यवसाय गर्दै आएका थिए । यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ९ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु