होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीले निलम्वित गरेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया
राजनीति

ओलीले निलम्वित गरेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया

  • नागरिक रैबार
ओलीले निलम्वित गरेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया

काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा एमालेबाट ६ महिनाका लागि निलम्बन गर्ने कारबाही सुनाएपछि एमाले उपमहासचिव घनश्याम भुसालले त्यसबारे तत्काल प्रतिक्रिया जनाएका छन्।

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ, ‘म बस्न नपाउने कुर्ची भाँचीदिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’

भुसालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने दाबी गरेका छन्। ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले भनेका छन्।

ओलीले आज बिहीबार एक पत्र पठाई भुसाल र पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एमाले सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि