होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हावाबाट बिजुली निकाल्न गरिएको परीक्षण सफल
समाचार

हावाबाट बिजुली निकाल्न गरिएको परीक्षण सफल

  • नागरिक रैबार
हावाबाट बिजुली निकाल्न गरिएको परीक्षण सफल

बझाङ : बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ ।

थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा टेन्डर भएको उक्त आयोजनाले वडा नम्बर ४ र अन्य वडाका विभिन्न गाउँ उज्यालो बनाउने लक्ष्य राखिएको छ ।

 

विज्ञापन

अहिले विद्युत उत्पादन भएपनि लाइन विस्तारका लागि पोल र तार नहुँदा वितरण गरिएको छैन । लाइन विस्तारका लागि डेढ करोड लाग्ने र जुन समुदायबाट जनश्रमदान गर्नुपर्ने प्रावधान वैकल्पिक उर्जा प्रवद्र्धनन केन्द्रको हुँदा समस्या भएको संविधानसभा सदस्य रावलले बताए ।

उनका अनुसार स्थानीयबाट रकम जम्मा नहुने देखिएपछि गाउँपालिका लगायतका स्रोतहरुको खोजी भइरहेको छ । पोलका लागि टेन्डर भएपनि तार जलविद्युतको भन्दा फरक हुने भएकाले समस्या भएको उनको भनाइ छ । ठिङमा निरन्तर हावा बहने हुँदा विद्युत उत्पादनको राम्रो सम्भावना छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै