होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेशसभा बैठक स्थगित भएपछि प्रचण्ड–माधव पक्षका सांसदहरुको विरोध
समाचार

प्रदेशसभा बैठक स्थगित भएपछि प्रचण्ड–माधव पक्षका सांसदहरुको विरोध

  • नागरिक रैबार
प्रदेशसभा बैठक स्थगित भएपछि प्रचण्ड–माधव पक्षका सांसदहरुको विरोध

काठमाडौं । वाग्मती प्रदेशको प्रदेशसभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । वागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् ।

नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेशसभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् ।

त्यसलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गरेको आरोप लगाइन् । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाइन् । उनले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गरिन् ।

विज्ञापन

वाग्मती प्रदेशको आजका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद रहेको छ । त्यसको असर प्रदेशसभामा पनि देखिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार