होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु
समाचार

प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु

  • नागरिक रैबार
प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको आज बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नका लागि काठमाडौँस्थिति कार्की ब्याङ्क्वेटमा यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको हो ।

यसअघि आज बिहान शीर्ष नेताहरुको पार्टी मुख्यालयमा बैठक बसेको थियो । एजेन्डा तय गर्नका लागि ११ बजे बस्ने भनिएको बैठकको समय सारेर एक बजे तय गरिएको थियो ।

आजको बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय लिएपछि प्रचण्ड नेपाल समूह आन्दोलित छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने उक्त अडानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै