होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • वडा अध्यक्ष रावतलेे ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा निवेदन
देश/प्रदेश

वडा अध्यक्ष रावतलेे ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा निवेदन

  • नागरिक रैबार
वडा अध्यक्ष रावतलेे ज्यान मार्ने धम्की दिएपछि प्रहरीमा निवेदन

बाजुरा १६ साउन। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपक रावतले गाउँमा पटक पटक ज्यान मार्ने धम्की दिएपछि छेडेदह गाउँपालिका स्तरीय बाल संजालका अध्यक्ष मिन खड्का सहितको टोलीले जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन् ।

खप्तड छेडेदह गाउँपालिका वडा नं. ३ मा गत असार २४ गते राति सोही वडा कै कर्मचारी नृप रावतले गाउँकै १५ वर्षिया किसोरीलाई जवरजस्ती करणी गरेका थिए । किसोरी माथि घटेको उक्त घटनामा झुटा आरोपहरु लगाई जवरजस्ती रुपमा वडाकाे कर्मचारी नृप रावतलाई फसाउन वालसंजाल लागेको भन्दै वडा नं. ३ का वडा अध्यक्ष दिपक रावतले पटक-पटक ज्यान मार्ने धम्की दिदै आएकोले आफुहरु ज्यान जोगाउन मार्तडी आएर प्रहरीकहाँ निवेदन दिएको गाउँपालिका स्तरीय वाल संजालका अध्यक्ष मिन खड्काले बताएका छन् ।

उनले भने एउटा किसोरी माथि जवरजस्ती करण हुन्छ । अनि वडा अध्यक्ष जस्तो गरिमामय पदमा बसेका व्यक्तिले यो घटना सामान्य हो यसका लागि तिमीहरु जुनसुकै ठाउँमा गएपनि केही हुनेवाला छैन् बरु गाउँमै मिलाउँ भन्दै आएको र आफुहरुले नमानेपछि हामीलाई उल्टै ज्यान मार्ने धम्की दिएको उनको भनाईछ ।

विज्ञापन

गाउँमा किसोरी माथि जवरजस्ती करणी भएकोले घटनाका सलग्न देखिएका नृप रावतलाई कानुनी कारवाही र पिडित किसोरीले उचित न्याय पाउन भन्दैै गाउँपालिका स्तरीय वाल संजालले वडा अध्यक्ष रावत लगायत खप्तड छेडेदह गाउँपालिका र प्रहरीसंग पटक पटक माग राख्दै आएका थिए ।

यस अघि सोही घटनामा सलग्न वडाका कर्मचारी रावतलाई गाउँपालिका स्तरीय वाल संजाल र वडा स्तरीय वालसंजाल र पिडित किसोरीका परिवारहरुले जवरजस्ती करणी गर्ने नृप रावत विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जवरजस्ती करणी अन्तरगतको मुद्धा दर्ता गरेर कानुनी प्रक्रिया अगाडि बढीसकेको छ । किसोरी माथि जवरजस्ती करणी गर्ने नृप रावत अहिले प्रहरीको नियन्त्रणमा छन् ।

वडा अध्यक्ष रावतले यति मात्रै भनेन् ढोली र ढोलीकाे केशहरुमा बालसँजालले किन लाग्नु पर्यो समेत भनेका छन् । वडा अध्यक्ष रावतले मदिरा सेवन गरेर वडा कार्यालयमा आएर पालिका स्तरीय वाल संजालका सदस्यहरुलाई गाली गलौज र ज्यान मार्ने धम्की दिएपछि वडा अध्यक्ष रावतलाई कानुन बमोजिम कारवाहीको माग गर्दै पालिका स्तरीय वाल संजाल अध्यक्ष मिन खड्का, वडा ६ का बाल संजाल अध्यक्ष विशाल विष्ट र वडा नं. ३ कै वाल संजाल समितिका पुर्व सचिव मुकेश नेपालीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने प्रहरीमा दिएको निवेदन आधारमा थप अनुसन्धान गरिने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार