होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २४ घण्टामा १५१ जना कोरोना संक्रमणमुक्त
समाचार

२४ घण्टामा १५१ जना कोरोना संक्रमणमुक्त

  • नागरिक रैबार
२४ घण्टामा १५१ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

विज्ञापन

काठमाडौंमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । यसमा सचेत हुन मन्त्रालयले आग्रह गरिएको छ ।

समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढी देखिए छ । प्रहरी तथा स्वास्थ्यकर्मीमा कोरोना देखिनु यसको ज्वलन्त उदाहरण भएको मन्त्रालयले जनाए ।

मन्त्रालयका अनुसार ५३१६ सक्रिय संक्रमित रहेका छन् ।

मास्क नलगाई हिड्ने २ लाख जनालाई कारबाही गरिएको छ । हिजो विदेशबाट ६५९ जना व्यक्ति नेपाल प्रवेश गरेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार