होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका क्यारेन्टाइनमा रहेका महिलालाई मर्यादा सामाग्री सहयोग
देश/प्रदेश

बाजुराका क्यारेन्टाइनमा रहेका महिलालाई मर्यादा सामाग्री सहयोग

  • नागरिक रैबार
बाजुराका क्यारेन्टाइनमा रहेका महिलालाई मर्यादा सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा १८ जेठ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु क्वारेन्टाइनमा रहेका महिलाहरुलाई सहयोग गरिएको हो ।

कोरोना भाईरस कोभिड–१९ संक्रमण बढीरहेको बेला क्वारेन्टाइनमा जोखिम्मा रहेका महिलाहरुको महिनावारी समस्यालाई मध्येनजर गरेर मर्यादा सामाग्री स्वरुप किसोरीहरुका लागि प्यान्टी, सेनेटरी प्याड, सुत्केरी महिलाहरुका लागि पेटीकोट, टिसर्ट, साडी सौल, बु्रस सावुन लगायतका सामाग्री सहयोग गरिएको हो ।

विज्ञापन

क्वारेन्टाइनमा रहेका महिलाहरुलाई महिनावारीको समयमा कुनैपनि समस्या नहोस भन्ने उद्देश्यले उक्त सामाग्रीहरु सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाकी कार्यक्रम संयोजक ईस्वरी सुवेदीले बताएकि छन् ।

मर्यादा सामाग्रीहरु मालिका माविको क्वारेन्टाइनमा १२ पाथरकोट आधारभुत विद्यालयमा १७ र मनाको कैलाशेस्वरी माविमा १३ जना महिलालाई सहयोग गरिएको हो ।

रेडक्रस र युएनफपिए बाजुराले उपलव्ध गराएको उक्त सामाग्रीहरु बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट, रेडक्रस सोसाईटीकी कार्यक्रम संयोजक इस्वरी सुवेदी, फोकल पर्सन अर्जुन थापा, पत्रकार महासंघ बाजुरा सचिव प्रेम विक सहितको टोलीले क्वारेन्टाइनमै गएर महिलाहरुलाई हस्तान्त्रण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार