होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो
समाचार

कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो

  • नागरिक रैबार
कक्षा ९ र एसईई परीक्षाको आवेदन फारम खुल्यो

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० (एसईई) को आवेदन फारम खुलाएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण रजिष्ट्रेसन फाराम र आवेदन फारम बोर्डले ढिला गरी खुलाएको हो ।

१६ पुसदेखि २१ माघसम्ममा विद्यालयहरुले विद्यार्थीको रजिष्ट्रेसन र आवेदन फाराम भराइसक्नुपर्ने छ ।

‘रजिष्ट्रेसन फाराम र आवेदन फारम खुलाएका छौं’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘परीक्षा कसले गर्ने निर्णय भएको छैन तर जसले परीक्षा लिए पनि विद्यार्थीको फारम भराउने निर्णयमा पुगेका हौं ।’

कोरोनाका कारण एसईईको परीक्षा बोर्डले, प्रदेशले, स्थानीय तहले गर्ने अथवा विद्यालयलाई नै दिने भन्ने निर्णय भएको छैन । सरकारले निर्णय नगर्दा बोर्डले परीक्षाको तयारी गर्न पाएको छैन ।

यो समयमा प्रश्नपत्र तयार पाररे छपाइको काम सकिनु पर्ने हो । तर प्रश्नपत्र तयार पार्ने काम अगाडि बढेको छैन । परीक्षाको तयारी र पठनपाठन नभएका कारण यो वर्ष चैतमै परीक्षा गर्न नसिकने बोर्ड अधिकारीहरू बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै