होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै

  • नागरिक रैबार
परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ ।

त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए ।

सरकारी स्रोतका अनुसार मन्त्री ज्ञवालीले भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

विज्ञापन

उनको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारतबीचको संवाद हिनताको निरन्तरता र बिद्यमान विवादलाई संवादबाट सहमतीमा लैजाने हुनेछ ।यसबाहेक भारत भ्रमणकाक्रममा मन्त्री ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा समेत कुरा उठाउने छन् ।परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका विषयमा क्याबिनेटमा अनौपचारिक छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै