जीवन कुमार कैला/ बाजुरा १५ असोज। बाजुराको हिमाली गाउँपालिका वडा नं ५ क्युडि सुपका बाढी पहिरो प्रभावित स्थानीयलाई आर्थिक रकम सहयोग गरिएको छ । असोज १ गतेको अविरल वर्षा संगै आएको वाढि पहिरोबाट प्रभावित भएका वडा नं पाँच क्युडि सुपका ९६ घर परीवारलाई आर्थिक रकम सहयोग गरीएको हो ।
नेकपा जिल्ला कमिटी सदस्य राजन बुढथापा, हिमाली गाउँपालिका वडा नं १ का स्थानीय तथा हुम्लाको अदानचुली गाउँपालिका श्रीनगर स्वास्थ्य चौकीका अनमी चन्दकला थापा र हिमाली ४ फैतीका स्थानीय धर्मराज पाण्डेले आर्थिक रकम सहयोग गर्नु भएको हो । मंगलवार एक कार्यक्रमको आयोजना गरी वडा नं ५ क्युडी सुपका स्थानीयलाई १ लाख ६५ हजार आर्थिक रकम सहयोग गरिएको छ ।
वाढि पहिरोबाट प्रभावित तथा विस्थापति स्थानियका लागि केहि राहात हास भन्ने उद्देश्यले सहयोग गरीएको छ । नेकपा जिल्ला कमिटी सदस्य राजन बुढथापाले १ लाख ५० हजार, श्रीनगर स्वास्थ्य चौकीका अनमी चन्दकला थापाले १० हजार र फैतीका स्थानीय धर्मराज पाण्डेले ५ हजार जम्मा गरेको व्यक्तिगत रकम जम्मा १ लाख ६५ हजार सहयोग हस्तान्त्रण गरीएको छ ।
वाढि पहिरोबाट प्रभावित परीवार तथा खेतियोग्य जमिन तहस नहस भएको र घर उच्च जोखिमा परेका ८९ परीवारलाई १ हजार ५ सयका दरले १ लाख ३३ हजार ५ सय, आशिंक क्षेति भएका ७ परिवारलाई ३ हजार ५ सयका दरले २४ हजार ५ सय र गाउँमै रहेको स्थानीयको आधुनिक घट्ट मर्मतका लागि ७ हजार गरी जम्मा १ लाख ६५ हजार आर्थिक रकम सहयोग गरेको नेकपा जिल्ला कमिटी सदस्य राजन बुढथापाले जानकारी दिनुभएको छ ।
नेकपाका जिल्ला कमिटीका सदश्य वुढाथापा नेतृत्वको टोलिले वाढि पहिरो प्रभावित क्षेत्रको स्थालगत अनुगमन गरे पश्चात स्थानियको समस्या समाधानका गर्न तत्कालका लागि रहात स्वरुप आर्थिक रकम वितरण गरेको छ । मंगलवार नेकपा वडा नं ५ वडा कमिटी अध्यक्ष लोकराज बुढथापाको अध्यक्षतामा सञ्चालन गरीएको राहत वितरण कार्यक्रममा हिमाली गाउँ कमिटी सचिवालय सदस्य अर्जुन बढथापा, धन भण्डारी, निवार्चन कमिटी सदस्य कर्ण बहादुर भण्डारी, दलित प्रतिनिधी जयविर शार्की, स्थानिय लाल बहादुर सुनार, जेष्ठ नागरीक रिउले बुढा, माग्ले बुढा, राम बहादुर बुढथापा, नन्द बुढथापा, डब्बले सार्की, केवल बुढथापा, धनराज बुढथापा, सुर्य नेपाली लगायतको सहभागिता रहेको बताईएको छ ।
फेसबुक प्रतिक्रियाहरु