होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • कक्षा ११ को परीक्षा भदौ २१ देखि
शिक्षा

कक्षा ११ को परीक्षा भदौ २१ देखि

  • नागरिक रैबार
कक्षा ११ को परीक्षा भदौ २१ देखि

नहकुल जोशी/बाजुरा १५ साउन। बाजुराको उत्तरपूर्वी क्षेत्रका स्थानिय तहमा रहेका माद्यामिक बिद्यालयले कक्षा ११ को परीक्षा आगामी भदौ २१ गतेबाट गर्ने भएका छन । कोरोना महाँमारिका कारण गत बैसाख÷जेठमा हुनुपर्ने परीक्षा स्थगित भएको थियो ।

राष्ट्रिय परीक्षाबोर्डले सम्वन्धीत विद्यालयले नै परीक्षा सञ्चालन गर्न कार्यविधि जारी गरेपछि निर्वाचन क्षेत्र नं क का ७ वटा माविले भदौ २१ गते विहान ८ बजे देखि ११ बजे सम्म र जनप्रकाश माविको परीक्षा दुई सिफ्टमा गर्नुपर्ने भएकाले दिउसो २ देखि ५ बजे सम्म सञ्चालन गर्ने निर्णय गरेका हुन ।

आज जनप्रकाश माविका प्रधानाध्यापक अनोजराज गिरीको अध्यक्षतामा सम्वन्धीत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुका विच बसेको बैठकले नेपाल सरकारले लागु गरेको नियमको पालना गर्दै उचित सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको जनप्रकाश माविका प्रधानाध्यापक अनोजराज गिरीले बताउनुभयो ।

विज्ञापन

क्षेत्र नं क का विद्यालयमा हुने परीक्षामा एकरुपता ल्याउनको लागि विषयगत समितिहरुको समेत गठन गरिएको र सो समितिले प्रश्नपत्र र उत्तरकुञ्जीका निमार्णका लागि पछिल्लो साता देखि काम थाल्ने र सम्वन्धीत विद्यालयले परीक्षाको तयारी गर्नुपर्ने निर्णय भएको छ । बैठकले भदौ २१ गते अनिवार्य अंग्रेजी, २२ गते अनिवार्य नेपाली, २३ गते शिक्षाको परिचय र समाजशास्त्र, २४ गते आशिंक तर्फको अनिवार्य अंगे्रजी विषयको परीक्षा हुने भएको छ ।

त्यस्तै भदौ २५ गते अर्थशासस्त्र र जनसंख्या शिक्षा, २६ गते ऐच्छिक नेपाली र ग्रामिण विकासको परीक्षा सञ्चालन गर्ने निर्णय आजको बैठकले गरेको हो । त्यसैगरी भदौ २८ गते ऐच्छिक अंग्रेजी, र लेखाका सिद्धान्त, २९ गते शैक्षणीक पद्धती र ३० गते गणित, स्वास्थ्य तथा शारीरिक शिक्षा, ब्यावसायीक अध्ययन र अंग्रेजीको लिङगुस्टीक विषयको परीक्षा गरिने निर्णय गरिएको हो ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन तथा प्रमाणीकरण सम्बन्धमा भएको व्यवस्था बमोजिम जारी भएको कार्यविधि २०७७ अनुसार कक्षा ११ को परीक्षा सम्वन्धीत विद्यालयले सञ्चालन गरेर त्यसको विवरण राष्ट्रिय परीक्षाबोर्डमा पठाउनु पर्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै