होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि
Breaking News

धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि

धनगढी : धनगढीमा भएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ४४ बर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परीक्षण भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ३७ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै बाजुराका चार सय १६, डोटीमा चार सय २५, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २८, बैतडीमा दुई सय १७, अछामका एक सय ४०, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै