होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न चीन जाँदै डब्ल्यूएचओको टोली
समाचार

कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न चीन जाँदै डब्ल्यूएचओको टोली

  • नागरिक रैबार
कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न चीन जाँदै डब्ल्यूएचओको टोली

१६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको बताएको छ । डब्ल्यूएचओले आगामी साता यो टोली चीन जाने बताएको छ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ ।

डब्ल्यूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको समयमा महामारीको अझै खराब अवस्था आउन सक्ने डर रहेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओले मेको शुरुवातदेखि नै चीनलाई आफ्ना विशेषज्ञहरु बोलाएर कोरोना भाइरसको स्रोत पत्ता लगाउन आग्रह गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसुसले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भाइरसको बारेमा सबै कुरा आफूहरुलाई थाहा भएको भए निकै राम्रो तरिकाले यो महामारी नियन्त्रण गर्न सकिने बताएका छन् ।

विज्ञापन

अझै पत्ता लगाउन बाँकी रहेको कुरामा यो भाइरस कहाँबाट आयो भन्ने विषय पनि रहेको उनको भनाइ छ । अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्ल्यूएचओका प्रमुखको विश्वास छ ।

यद्यपि यो टोलीमा को को सामेल हुनेछन् भन्ने विषयमा भने केही जानकारी दिइएको छैन । वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट मानिसमा आएको बताउँदै आएका छन् । तर, अहिलेसम्म यो भाइरस मानिसमा कसरी आयो भनेर पुष्टि भने हुन सकेको छैन ।

स्रोत : बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै