होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सीमामा रहेका १८ सय भन्दा धेरै नेपालीलाई आज स्वदेश ल्याइँदै
Breaking News

सीमामा रहेका १८ सय भन्दा धेरै नेपालीलाई आज स्वदेश ल्याइँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सीमामा रहेका १८ सय भन्दा धेरै नेपालीलाई आज स्वदेश ल्याइँदै

बैतडी १८ बैशाख । एक महिनाभन्दा लामो समयदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १८ सय जना भन्दा धेरै नेपालीहरुलाई आज स्वदेश ल्याइँदै छ।

भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

पिथौरागढ र नेपालको बैतडी र दार्चुला जिल्लाका अधिकारीबीच सहमति भएपछि मजदुरहरुलाई स्वदेश ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

झुलाघाट नाकाबाट ८३७ र धार्चुला नाकाबाट १ हजार ६१ जना मानिस आज स्वदेश फर्कने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

यी दुवै सीमा नाका आज एक दिनका लागि मात्रै खुला गर्न लागिएको हो। मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका स्वाथ्य परीक्षण गरिने र त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि पठाइने पौडेलले बताए।

सीमाबाट फर्केका नागरिकहरुका लागि प्रत्येक स्थानीय तहमा एक सय बेडका क्वारेन्टाइन निर्माण भइसकेका छन्। नागरिकहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाएका छन्।  उनिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखी  र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै