होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?
समाचार

झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?

  • नागरिक रैबार
झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?

टीसँग कुरा गर्दै शाक्यले नयाँ सिस्टमको हिटर पुरानो तारमा जडान हुँदा समस्या आएको बताए । यद्यपि, शाक्य गत वर्षको यही अवधिको तुलनामा यस वर्ष कम विद्युत काटिएको बताउँछन् ।

उनले भने, ‘लोडसेडिङ भएको छैन र हुँदैन पनि । अहिले जाडो बढेसँगै काठमाडौँमा माग बढेको छ । माग बढ्दै जान थालेपछि लोडसेडिङ भएको भन्ने लागेको हो तर विभिन्न फिडरमा मानिसहरुले हिटर थप्न थालेपछि समस्या आउन थालेको हो ।’

प्राधिकरणका अनुसार कमजोर भएका तारहरु डिसकनेक्ट भएका छन् । पुरानो सिस्टममा भएको तारमा नयाँ सिस्टमका हिटर जडान हुँदा तार पग्लने समस्या देखिएको छ । यो समस्या जहाँ–जहाँ छ सोही ठाउँमा मर्मत भइरहेको छ । ओभरलोड हुँदा समस्या आएको प्राधिकरणले जनाएको छ ।

गतवर्ष भन्दा यो वर्ष पिक समयमा ५० मेगावाट माग बढेको छ । गत वर्ष १४ सय ७ मेगावाट थियो भने यसवर्ष १४ सय ५७ मेगावाट नाघिसकेको छ । यो अझै बढ्दै जाने देखिएको छ । यसको लागि लोड थेग्न आवश्यक पर्यो भने केही समय फिडर काट्न पनि सकिने शाक्यले भनेका छन् । शाक्यले समस्या देखिएको ठाउँमा तार पग्नलु अगावै मर्मत गर्न निर्देशन दिएको पनि बताए ।

 

मध्य मस्र्याङ्दीमा समस्या आउँदा देशभर बिजुली काटियो

सोमबार साँझ देशका विभिन्न ठाउँमा विद्युत काटियो । मध्य मस्र्याङ्दी जलविद्युतको एउटा युनिटमा समस्या आउँदा देशभरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध बन्यो । नेपाल विद्युत प्राधिकरणले ढल्केबरदेखि चन्द्रनिगाहपुर १३२ केभीको प्रसारण लाइनमा ओभरलोड हुँदा समस्या आएको बताएको छ । भारतबाट बढी विद्युत प्रवाह हुँदा ओभरलोड परेको हो ।

शाक्यले भने, ‘नेपालको उत्पादन अर्पझट बढ्न गयो र नेपालतर्फको प्रणालीले धान्न सकेन । ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँ आउने लाइन ओभरलोड भई रोकिन (ट्रिप) पुग्यो ।’

उनी भन्छन्, ‘भारतबाट बढी विजुली लियौँ जसले मध्य मस्याङ्दीको एउटा युनिट बन्द भयो । यस्तो सयममा एक दुइवटा लोड काट्छौँ । काट्न नभ्याउँदा बत्ति गयो । ’

अब समस्या आउन नदिन ट्रान्सफर्मर, कण्डक्टर वा अन्य जे जस्तो उपकरण परिवर्तन गरेर भएपनि प्रणालीलाई दिगो बनाउन प्रसारण निर्देशनालय तथा भार प्रेषण केन्द्रलाई निर्देशन दिएको शाक्यले बताए । आन्तरिक उत्पादन कम र भारतबाट आउने विद्युत बढी भएपछि प्राधिकरणलाई सन्तुलन मिलाउँन हम्मे हम्मे परेको छ ।

 

दुई महिनाका लागि सय मोगावाट क्षमता थप्न भारतसँग माग गरिने

भारतबाट आउने विजुली (ढल्केबर मुजफ्फरपुर) २५० मेगावाट क्षमताको छ भने त्यसलाई ३५० मेगावाट पुर्याइदिन नेपाल विद्युत प्राधिकरणले भारतसँग माग गर्ने भएको छ । जाडो महिनाका लागि माग धान्न आगामी शुक्रबार भारतलाई अनुरोध गरिने शाक्यले रातोपाटीलाई जानकारी दिए ।

२ महिनाका लागि सय मेगावाट बढाइदिन नेपालले अनुरोध गर्नेछ । ‘यति गरिसकेपछि यो जाडो महिनामा समस्या हुँदैन,’ उनले भने । शुक्रबारसम्म ट्रान्सर्फमरमर्मत् गरिसक्ने र सोही दिन भारतलाइ अनुरोध गर्ने तयारीमा प्राधिकरण छ । लोडसेडिङ हटाउन भारतबाट आयात हुने बिजुलीको भुमिका रहँदै आएको छ ।

प्राधिकरणका अनुसार ११ हजार ७३ मेगावाट/आवर विद्युत आयातित छ । उर्जाको माग २५ हजार १ सय ६३ मेगावाट/आवर छ र जसमा पिक आवरमा १४ सय ५७ मेगावाट माग छ । प्राधिकरणको ७ हजार ४५ मेगावाट/आवर र निजी उत्पादकको ७ हजार ४५ मेगावाट/आवर विद्युत छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै