होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोधसभामा नेकपाको प्रचण्ड–माधव पक्ष
समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोधसभामा नेकपाको प्रचण्ड–माधव पक्ष

  • नागरिक रैबार
प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोधसभामा नेकपाको प्रचण्ड–माधव पक्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’का विरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले मंगलबार देशव्यापी विरोधसभा आयोजना गर्दैछ । सोही क्रममा विभिन्न जिल्लामा जुलुससहित कार्यकर्ताहरु विरोधसभा स्थलतर्फ गइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थायी कमिटी सदस्य भीम रावलले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही सिलसिलामा धनगढीको सहिद चौराहाबाट विभिन्न नारासहितको जुलुस निस्किएको छ ।

यस्तै, गण्डकी प्रदेशको राजधानी पोखरामा पनि नेकपाको प्रचण्ड–माधव समूहका प्रभावशाली नेताद्वय सुरेन्द्र पाण्डे र खिमलाल देवकोटासहितले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । पोखरामा पनि सो पार्टीका नेता–कार्यकर्ताहरु जुलुससहित विरोधसभास्थलतर्फ प्रस्थान गरेका छन् ।

 

यस्तै, लुम्बिनी प्रदेशको राजधानी बुटवलमा पूर्वमन्त्री घनश्याम भुसाललगायतले विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । बुटवलमा पनि नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता–कार्यकर्ताहरु नारा–जुलुससहित विरोधसभास्थलतर्फ गइरहेका छन् ।

यस्तै, कर्णाली प्रदेशको राजधानी सुर्खेत, प्रदेश २ को राजधानी जनकपुर, प्रदेश १ को राजधानी विराटनगर, बागमती प्रदेशको हेटौंडा लगायतका सहर तथा सबै जिल्लामा विरोध प्रदर्शन सुरु भएको जनाइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै