रामबहादुर विक./बाजुरा १४ पुस।बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहि राहत सहयोग गर्न घरमै पुगेकी छ्न ।
सोमबार १३ औ दिनको पुण्य तिथिको अबसरमा अलपत्र परेका सम्राटलाई राहत घरमै पुगेकी हुन् ।सामाजिक अभियान्ता ज्वाला सग्रौला र मोहन खरेलको आर्थिक सहयोग उक्त राहत पुगाउन अभियान्ता शाही सहयोग गर्न बिकको घर्मै पुगेकी थिईन् ।
सोमबार अभियान्ता शाहिले राहत स्वरुप तीन बोरा चामल ,तीन केजी दाल , चार किलो नुन तीन लिटर तेल, चार ओटा लुगाधुने साबुन ,दुई ओटा नुहाउने साबुन , तीन केजी चिउरा , मिक्स मसला बेसार खुर्सानी , नुन , दुई केजी चिनि, चियापति , दुई वटा कम्मल ,एक दर्जन बिष्कुट लगाएत एघार हजार बराबरको राहत सहयोग गरेकी हुन ।
केही दिन अगाडि सामाजिक संजालमा पत्रकार महासघ बाजुराका सचिब प्रेम बिकले सम्राटका बुवा चितामा जलिरहेको बेला सम्राट टोलाएर हेरिरहेको तस्वीर सामाजिक सन्जालमा राखेपछि थोरै भएपनी राहत स्वरुप सहयोग गरेको साहित्यकार समेत रहेकी रिता शाहिले बताएकी छ्न ।
उक्त राहत बडिमालीका नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको हातबाट हस्तान्तरण गर्न लगाईएको बताउनु भयो ।सम्राटका बुवा गत पुस ५ गते शुक्रबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । सम्राटकी आमाले उनलाई ३ वर्ष अघि छोडेर अकैसंग विवाह गरेकि थिईन् ।
बुवासंगै बसीरहेका सम्राट अहिले बुवाको मृत्यु पछि अलपत्र अवस्थामा थिए । घरमा ७० वर्षिया बाजेसंगै रहेका उनी बुवाको मृत्यु पछि भने सहारा विहिन बनेका थिए । सम्राटकी आमा बडीमालिका नगरपालिकाकै वडा नं. ६ कोर्धका एकजना युवासँग ३ वर्षअघि भारतको राजधानी दिल्लीबाट बिहे गरेर भागेकी हुन् ।
शाही पछिल्लो समयमा सामाजिक अभियान्ताको रुपमा परिचीत हुन थालेकी छ्न । अब यो समाजमा महिलाहरुले पनि केही गर्छन् भन्ने उदेश्यका शाथ लागेकी शाहिले टुहुरा , अतिबिपन्न , एकल महिला दुरदराजका नागरिक सवाल हरुलाई सामाजिक सजाल मार्फत बाहिर ल्याई सहयोग गर्दै आईरहेकी छ्न । यस अघि पनि शाहिले बाजुरा जिल्लाका विभिन्न ठाँउ मा पुगि राहत बितरण गर्दै बालबालिकाहरुलाई उद्रार उनले गरिरहेकी छ्न्न ।
फेसबुक प्रतिक्रियाहरु