नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
आज हुने नेकपा बाजुराको विरोध सभा तथा विस्तारित बैठकलाई सम्वोधन गर्न नेकपा सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज भानुभक्त जोशी र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला सह-इन्चार्ज प्रकाश शाह आउने कार्यक्रम तय गरीएको छ ।
सदरमुकाम मार्तडीमा असंवैधानिक संसद विघटन विरुद्ध र प्रधानमन्त्री ओलीको प्रतिगमनका विरुद्ध संघर्ष सहित विरोध सभा कार्यक्रमको आयोजना गरिएको नेकपा बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु