होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • प्रिमियर लिग : लिभरपुल रोकिदा, सिटीको गोल वर्षा
खेलकुद

प्रिमियर लिग : लिभरपुल रोकिदा, सिटीको गोल वर्षा

  • नागरिक रैबार
प्रिमियर लिग : लिभरपुल रोकिदा, सिटीको गोल वर्षा

पास्कर ग्रोसले इन्जुरी समयमा विवादस्पद पेनाल्टीबाट गोल गरेपछि लिभरपुल डिफेन्डिङ च्याम्पियन ब्राइटनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको छ । बराबरीका बावजुद लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा ब्राइटनको यो दोस्रो पेनाल्टी थियो । यसअघि, पहिलो हाफमा पाएको पेनाल्टीलाई निल माउपेले खेर फालेका थिए ।

खेलको ६० औँ मिनेटमा डिओगो जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो नवौँ गोल हो । खेलको अन्त्यतिर साडियो मानेको गोललाई भीएआरले अफसाइड करार गर्दै रद्द गरेको थियो ।

विज्ञापन

त्यसलगत्तै ब्राइटनले पेनाल्टी पाउँदै खेल बराबरी गर्न सफल बनेको थियो ।

 

उता, म्यान्चेस्टर सिटीले भने बर्नलीमाथि ५–० को शानदार जीत हासिल गरेको छ । सिटीको जीतमा रियाद महारेजले ह्याट्रिक गरे भने बेन्जामिन मेन्डी मेन्डी र फरान टोरेसले एक–एक गोल गरे ।

जीतपछि ९ खेलबाट १५ अंक बटुल्दै सिटी लिगको आठौँ स्थानमा उक्लिएको छ ।

उता, यो सिजन उत्कृष्ट शुरुवात गरेको एभर्टन भने लिड्ससँग आफ्नै घरेलु मैदानमा पराजित बनेको छ । रफिनाले खेलका ७९ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । कार्लो एन्चेलोटीको टोली पछिल्ला ५ खेलमध्ये ४ मा पराजित बनेको छ । एभर्टन लिगको छैटौँ स्थानमा खस्किएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार