होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालगञ्ज बसपार्कबाट २९ लाख रूपैयाँ सहित १० जुवाडे पक्राउ
समाचार

नेपालगञ्ज बसपार्कबाट २९ लाख रूपैयाँ सहित १० जुवाडे पक्राउ

  • नागरिक रैबार
नेपालगञ्ज बसपार्कबाट २९ लाख रूपैयाँ सहित १० जुवाडे पक्राउ

बाँके प्रहरीले गएराति बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा छापा मारेर साढे २९ लाख रूपैयाँ सहित १० जुवाडेलाई पक्राउ गरेको छ।

गएराति साढे आठ बजे नेपालगञ्ज उप महानगरपालिका– ४ बसपार्कमा रहेको वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोली सो घरमा गई खानतलासी गर्दा सन्तोष थापा समेतका १० जना व्यक्तिहरुले हारजित हुने गरी कटपट्टी तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई उक्त जुवा खाल र निजहरुको साथबाट गरी जम्मा २९ लाख ४८ हजार ७ सय रूपैयाँ समेत बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–४ का सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नविन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्णबहादुर सुवेदी र रहमान मिया रहेका छन् । उनीहरू बिरूद्व जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै