होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सामाजिक संजालमा ज्यान मार्ने धम्की दिदै दलित युवामाथि कुटपिट
देश/प्रदेश

सामाजिक संजालमा ज्यान मार्ने धम्की दिदै दलित युवामाथि कुटपिट

  • नागरिक रैबार
सामाजिक संजालमा ज्यान मार्ने धम्की दिदै दलित युवामाथि कुटपिट

गणेश विक काठमाडाैं । आलिताल गाउँपालिका वडा नम्बर ४ डडेलधुरामा अज्ञात समूहले एक दलित युवामाथि कुटपिट गरेकाे छ ।

डडेलधुरा जिल्लाकाे आलिताल गाउँपालिका वडा नम्बर ४ मा हिजाे दिउसो करिब तीन बजे तिर उक्त समूहले आलिताल ४ रज्यौडा बस्ने नेपाल श्रमिक संगठन भारतका केन्द्रीय सूचना तथा संचार भिभाग प्रमुख २४ बर्षिय गोपाल कामीमाथि निर्घात कुटपिट गरेर घाइते भएका छन् ।

कुटपिट गर्नेहरुमा वडा नम्बर ४ का प्रमुख चन्द्रदेवका २१ बर्षिय छोरा तुसार बोहरा,भान्जा बरुण मडै र मान बहादुर साउदका छोरा २३ बर्षिय नबिन साउदसहितको ९ जनाको समूह मिलेर कुटपिट गरेकाे पिडित गाेपाल कामीले  बताउनु भयाे ।

विज्ञापन

कुटपिट गर्नाको कारण सामाजिक संजाल फेसबुकमा स्टाटस् लेखेकै कारण कुटपिट भएको जनाएकाे छ । तर कामीलाई कुटपिट गर्ने समूहमा वडा अध्यक्ष छोराको पनिसंग्लन रहेको हुर्दा वडा अध्यक्षमाथि नै संक्का उत्पन्न भएकाे छ । पिडित कामीले वडा अध्यक्षले नै कुटपिट गर्न लगाएको आरोप लगाएको छ ।

केही महिना अघि मात्र उनले यस्तो स्टाटस् लेखेका थिए उक्त स्टाटस् जस्ताको तेस्तै….

kami याे माथिकाे स्टाटस् लेखेपछि गाेपाल कामीलाई फेसबुक फेक आईडीबाट ज्यान मार्ने धम्की दिएको थियाे ।

हेर्नुहाेस् उक्त समूहले ज्यान मार्ने धम्की दिएकाे  फेक आइडिबाट 

subash

कुटपिट गर्ने गरि मात्रै हैन ज्यान मार्ने गरी नै उक्त समूह आएको र कुटपिटमा परेर भाग्न सफल भएका घाइते कामीले बताएका  छन् ।

यसै बिषयमा इलाका प्रहरी चौकी गोदामका इन्चार्ज जंगबहादुर चन्दसँग कुरा गर्दा उहाँले भन्नु भयो गोपाल कामी हिजो बेलुका हामी कहाँ आएर म माथि कुटपिट भयो भनेर सुनाएका थिए। तेसपछि हामीले भन्यौ हस्पिटल रिपोर्ट लिएर आउनु भनेका थियाै उहाँले हस्पिटल रिपोर्ट लिएर आउनु भयो ।

अब के भएको रैछ यस बिषयमा आज हामी छलफल गरेर  जानकारी दिने प्रमुख चन्दले बताए  ।

यस बारे आलिताल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्द्रदेव बोहराले बिषयमा मलाइ केही पनि जानकारी नै छैन् र फेसबुकमा केही लेखेकाे कुरा मात्र सुनेकाे थिए अध्यक्ष बोहराले बताए ।

तर भने याे बिषयमा प्रहरी प्रशासन माैन छ, किटानी जाहेरी दिन्दा समेत पक्राउ नगरेकाे स्राेतले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार