होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा थप ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ सय नाघ्यो
समाचार

सुदूरपश्चिममा थप ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ सय नाघ्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा थप ९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ सय नाघ्यो

धनगढी : सुदूरपश्चिममा आज ९९ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ९९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुरा जिल्लाकै ८ महिला र २४ पुरष गरी ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य ता जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ८ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय दुई जनामा कोरोना पुष्टि भएको छ।

विज्ञापन

यस्तै बाजुराका चार सय १४, डोटीमा चार सय १०, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार