होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टी भित्र विवाद र समस्या आइरहन्छन् : प्रचण्ड
देश/प्रदेश

पार्टी भित्र विवाद र समस्या आइरहन्छन् : प्रचण्ड

  • नागरिक रैबार
पार्टी भित्र विवाद र समस्या आइरहन्छन् : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र विवाद र समस्या आइरहने बताउनुभएको छ ।

नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवाद रहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन साम्यवादमा नपुग्दा सम्म विवाद, संघर्ष, भूमरी परिराख्ने र ठक्कर खाने भइराख्ने बताउनुभयो । त्यसलाई सबैले स्वीकार्नुपर्ने उहाँले बताउनुभयो ।

विज्ञापन

पार्टीमा विवाद र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताउँदै त्यसकै कारण पार्टी विभाजन र विघटन नहुने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रुपमा विकास गर्न पनि विवाद, संघर्ष, भूमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी जमेको पोखरी नभएको भन्दै भुमरी परिरहने र गडगडाउँदै अगाढि बढ्ने बताउनुभयो । दुश्मनका गोलीले लडाउन नसेको कम्युनिष्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने बताउनुभो ।

उहाँले पार्टी मुलभुत रुपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने बताउनुभयो । उहाँले विचार र विधिको एकरुपता बाट नै पार्टीको जीवन र गति निर्धारण हुने बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार