होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विप्लव समूहका ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश, गोकुल बाँस्कोटाले गरे स्वागत
समाचार

विप्लव समूहका ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश, गोकुल बाँस्कोटाले गरे स्वागत

  • नागरिक रैबार
विप्लव समूहका ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश, गोकुल बाँस्कोटाले गरे स्वागत

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादीका ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री गोकुल बाँस्कोटाले आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वागत गरेका छन् ।

नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन् ।
नवप्रवेशी तामाङले चन्दा आजको आवश्यकता नभएकाले उक्त पार्टी परित्याग गरी वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण सङ्घर्षमा समाहित भएको बताए ।

तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जनामात्रै रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै