होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई ओलीको प्रश्न : शरीरमा गोली र छर्रा बोकेकाहरुको दुःखान्त तस्बिर आउँछ ?
समाचार

प्रचण्डलाई ओलीको प्रश्न : शरीरमा गोली र छर्रा बोकेकाहरुको दुःखान्त तस्बिर आउँछ ?

  • नागरिक रैबार
प्रचण्डलाई ओलीको प्रश्न : शरीरमा गोली र छर्रा बोकेकाहरुको दुःखान्त तस्बिर आउँछ ?

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा घाइते भएका तथा शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेकाहरुको दुःखान्त तस्बिर प्रचण्डमा कहिल्यै नआएको बताएका छन् ।
शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई जवाफी प्रतिवेदन पेश गर्दै सरकार र पार्टी नेतृत्व दुबैबाट आफूलाई हटाउने म्याराथुनमा प्रचण्ड कुँदिरहेको भन्दै ‘युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दु:खान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनस्र्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?’ प्रश्न गरेका छन् ।

‘एउटा कुरा स्पष्ट पारुँ, मेरा कुनै नाता सम्बन्धीहरुले कुनै नियुक्ति पाएका छैनन् । नाता सम्बन्ध भएकै कारणले मात्रै भोलि पनि पाउने छैनन् । मलाई परिवार र व्यक्तिगत लाभमा अल्झिनु छैन’, ओलीले राजनीतिक नियुक्तिका बारेमा पनि प्रश्न उठाइएकोमा त्यसको खण्डन गरेका छन् ।

‘म देशलाई अगाडि बढाउन चाहन्छु, देश समृद्ध बन्छ भन्नेमा विश्वास राख्छु । त्यसमा योगदान गर्नुपर्छ भन्ने ठान्छु । यस भावनासँग सहमत नहुने, सधैभरि निराशा र कुण्ठामात्रै बोकी हिँड्ने तर कुनै नेता विशेषको नजिक भएकै कारण उसले नियुक्ति पाउनु पर्छ भन्ने कुरा उचित हुन्छ र ? मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो । तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ?’, ओलीले प्रचण्डलाई प्रश्न गरेका छन् ।

‘मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ । आज मात्र होइन, भोलि पनि मबाट यस्तो काम हुने छैन’, ओलीको प्रष्टीकरण छ ।
त्यस्तै उनले सङ्घीयताका बारेमा आफ्नो निष्ठामाथि प्रश्न उठाउने र आफ्ना यससम्बन्धी भनाइलाई विवादित बनाउने चेष्टा भएको रहेछ भन्दै सङ्घीयता नेपालको संवैधानिक यथार्थ हो र गएको साढे दुई वर्षमा आफूले यसलाई कार्यान्वयन गर्न र सफल पार्न दर्जनौँ कानुनहरुको निर्माण, वित्तीय र प्रशासनिक सङ्घीयताको कार्यान्वयन तथा अन्य आवश्यक प्रबन्धको नेतृत्व गरेको बताएका छन् ।

‘यसै कारणले नै आज ती ‘फङ्क्सनल’ छन् । प्रदेश राजधानीका विषयमा प्रदेशमा सहमति जुट्न नसक्दा तपाईँसँग मिलेर सहजीकरण गरेको छु’, ओलीले प्रतिवेदनको ४५ नम्बर बुदाँमा भनेका छन्, ‘यस सम्बन्धमा केही कुरामा भने स्पष्टता जरुरी छ । पहिलो, मुलुकमा सङ्घीयताप्रति सन्देह गर्ने पङ्क्ति छ । त्यसलाई ओठे जवाफ दिएर या सरापेर मात्रै पुग्दैन । सङ्घीय प्रणाली स्वयंले डेलिभरी दिनु पर्छ, तब मात्र आलोचनाहरु बन्द हुन्छन् । त्यसैले मैले डेलिभरीमा जोड दिएको छु । दोस्रो, संविधानको प्रावधान अनुसार प्रदेशहरुलाई निश्चित स्वायत्तता प्राप्त छ, तर तिनीहरु समग्र राज्य प्रणालीका अङ्ग हुन्, ती छुट्टै होइनन् । मैले ‘प्रदेशहरु राज्यका अङ्ग हुन्’ भनेर व्यक्त गरेको कुरालाई ‘प्रदेशहरु केन्द्र सरकारको प्रशासनिक इकाइ हुन् भन्यो’ भनेर रिपोर्टिङ गर्ने साथीहरुलाई राज्य र सरकारको अन्तरसम्बन्ध र भेदबारे प्रशिक्षण दिनुहोला’, ओलीको जवाफ छ ।

उनले प्रदेशसभा र प्रदेश सरकार संविधानतः सापेक्षरुपमा स्वायत्त होलान् तर पार्टीका प्रदेश कमिटी र तिनका नेताहरु स्वायत्त नभएको पनि दावी गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सङघीय पार्टी होइन, एकीकृत पार्टी हो । कुनै पनि महत्वपूर्ण निर्णय गर्नु पूर्व त्यस कमिटी र त्यसका नेताले केन्द्रसँग परामर्श लिनु पर्दैन ? अनुमति लिनु पर्दैन ? प्रदेशका नेताहरुलाई आफूखुशी चल्ने स्वायत्तता प्राप्त छ ? मैले कर्णाली प्रदेशका नेताहरुलाई यही विषयमा ध्यानाकर्षण गरेको हुँ’, ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले आफुलाई प्रचण्डले ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमिक्षा गर्न पनि सुझाएका छन् । त्यस्तै प्रचण्डको प्रतिवेदनमा भनिएजस्तो कोरोना महामारीका कारण सिर्जित असामान्य परिस्थितिमा विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न नसकेको कुराको पनि खण्डन गरेका छन् ।

‘कोरोनाको महामारी बढ्दै गएर विभिन्न मुलुकहरु लकडाउनमा गएपछि, अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि हामीले जो जहाँ छ, त्यहीँ सुरक्षित रहने प्रबन्ध ग¥यौँ र यसका लागि समकक्षी सरकार प्रमुख र पदाधिकारीहरुसँग वार्ता ग¥यौँ । जस अन्तर्गत चीनको उहानबाट ल्याइएका विद्यार्थीहरु समेत १ लाख ४० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किसकेका छन’, ओलीले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै