होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डले छोरीलाई चुनाव जिताउन मतपत्र च्यात्न लगाए : अध्यक्ष ओली
समाचार

प्रचण्डले छोरीलाई चुनाव जिताउन मतपत्र च्यात्न लगाए : अध्यक्ष ओली

  • नागरिक रैबार
प्रचण्डले छोरीलाई चुनाव जिताउन मतपत्र च्यात्न लगाए : अध्यक्ष ओली

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार बसेको नेकपाको सचिवालय बैठकमा राजनीतिक ३८ पेजको प्रतिवेदन प्रस्तुत गरेका छन्।

उनले गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनको प्रतिउत्तरमा प्रतिवेदन तयार पारेका हुन्।

५३ बुँदामा तयार पारिएको उक्त प्रतिवेदनमा ओलीले गएको स्थानीय निर्वाचनमा प्रचण्डले आफ्नै छोरी जिताउन मतपत्र च्यात्ने कुराको सहारा लिनुपरेको उल्लेख गरेका छन्।

ओलीले भनेका छन्, ‘अवस्था यस्तो भयो कि, आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्ने ठाउँमा तपाईंलाई पु¥यायो। तपाईंका अगाडि एउटा गम्भीर प्रश्न उभियो, नेपाली काङ्ग्रेससँगको गठबन्धनमा गाँसिँदै अन्ततः विलयनको बाटोमा जाने कि नयाँ राजनीतिक सम्भावनाको खोजी गर्ने।’

स्थानीय निर्वाचनमा काँग्रेससँग गरेको गठबन्धन असफल भएपछि एमाले र माओवादी एकठाउँमा उभिने अवस्था आएको ओलीले उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार