होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा केन्द्रीय समिति बैठक अनिश्चित
समाचार

नेकपा केन्द्रीय समिति बैठक अनिश्चित

  • नागरिक रैबार
नेकपा केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे केन्द्रीय समिति बैठक निर्धारित मितिमा बस्ने÷नबस्ने अनिश्चित भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले महाधिवेशनको तयारीस्वरुप कार्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने समय निर्धारण गरेको थियो ।

तर, निर्धारित समय आउन ३ दिनमात्रै बाँकी रहँदा बैठक बस्ने या सर्ने भन्ने अनिश्चितता बढेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठबारे यसै भन्न नसक्ने प्रतिक्रिया दिए ।
‘बैठक स्थगित भैसकेको जानकारीमा छैन, तर तयारीको स्थिति हेर्दा केन्द्रीय समिति बैठकको बारेमा यसै हुन्छ भन्न त सकिएन’, प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्थायी समिति बैठकले असोज महिनाभित्र पार्टी एकतका बाँकी काम सक्ने, मंसिर भित्र सदस्यता नवीकरण लगायतका काम सक्ने भनेपनि निर्णयअनुसार कामहरु हुन सकेका छैनन् ।
नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले हिजो महासचिवले प्रधानमन्त्री तथा अध्यक्षसँग भेटवार्ता गरेको र आज कार्यकारी अध्यक्षसँगको छलफलपछि बैठकबारे थाहा हुने बताए । ‘हिजो प्रधानमन्त्री तथा अध्यक्षसँग महासचिवले छलफल गर्नुभएको छ । आज अर्का अध्यक्षसँग पनि छलफल गर्ने बुझिएको छ । त्यो छलफलपछि बैठकबारे ठोस धारणा सार्वजनिक होला’, नेता नेम्वाङले रातोपाटीसँग भने, ‘आधिकारिक व्यक्ति नबोल्दासम्म यही हुन्छ भन्न सकिँदैन ।’
बरु नेकपामा एकपछि अर्को विवाद देखिन थालेका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच साझा मापदण्ड बन्न नसक्दा असन्तुष्ट बनेका अध्यक्ष प्रचण्ड र ओलीबीच कर्णाली विवादबारे फरकफरक दृष्टिकोण सार्वजनिक हुन पुगेका थिए । त्यसपछि ओली र प्रचण्डबीच मतभेद बढेको अड्कलबाजी भइरहेका बेला भारतका गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेटवार्तापछि थप आशंका बढ्न पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ८ घन्टा अगाडि

भर्खरै