होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना संक्रमण
देश/प्रदेश

विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना संक्रमण

  • नागरिक रैबार
विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना संक्रमण

काठमाडौं – विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ ।संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् ।

एकै दिन थप ५ हजार ८६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७७३ पुगेको छ ।अहिले ६६ लाख ९४ हजार ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ५९६ जनाको मृत्यु भएको छ । ३४ लाख ८० हजार ९६२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६५ हजार ६६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ४८ हजार ७०५ पुगेको छ । त्यसमध्ये ४० लाख ९८ हजार ८७ जना संक्रमणमुक्त भएका छन् ।

विज्ञापन

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५५१ जनाको मृत्यु भएको छ । ६६ लाख ८१ हजार ८३९ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ४३४ जनाको मृत्यु भएको छ । ६० लाख ३९ हजार ९१६ जना संक्रमित भएकोमा ४६ लाख ३९ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ९१० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय जनाको मृत्यु भएको छ । २७ हजार ९१४ जना संक्रमित भएकोमा २२ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार