होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ४७९१ कोरोना संक्रमित निको भए
समाचार

सुदूरपश्चिमका ४७९१ कोरोना संक्रमित निको भए

  • नागरिक रैबार
सुदूरपश्चिमका ४७९१ कोरोना संक्रमित निको भए

धनगढी–सुदूरपश्चिममा कोरोना मुक्त भएर थप १६ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो।

डोटीबाट १५ र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा जानकारी दिए।

उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार सात सय ९१ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्।

विज्ञापन

अछामका सात सय १३, डोटीका सात सय ५८, कञ्चनपुरका ६ सय पाँच र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित सात सय ४४ रहेका छन्।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

टीकापुर अस्पतालमा ३४, महाकाली अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा २४, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुईरदुई जना संक्रमितको उपचार भईरहेको छ।

अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार