होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका झण्डै ३२ हजारको कोरोना परीक्षण, ३२ सय बढिको रिपोर्ट आउन बाँकी
समाचार

सुदूरपश्चिमका झण्डै ३२ हजारको कोरोना परीक्षण, ३२ सय बढिको रिपोर्ट आउन बाँकी

  • नागरिक रैबार
सुदूरपश्चिमका झण्डै ३२ हजारको कोरोना परीक्षण, ३२ सय बढिको रिपोर्ट आउन बाँकी

धनगढी : सुदूरपश्चिमका झण्डै ३२ हजार जनाको कोरोना परीक्षण गरिएको छ। पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३१ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गरिएको हो।

कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको थियो।

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत १६ हजार ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १३ हजार ६ सय ८६ र डडेल्धुरा प्रयोशागाला मार्फत एक हजार ८ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमवारसम्म ३५ हजार एक सय एक जनाको स्वाब संकलन गरिएको छ।

स्वाब संकलन गरिएका तीन हजार दुई सय ८७ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई हजार ५७, धनगढी प्रयोगशालामा ८ सय एक र डडेल्धुरा प्रयोगशालामा चार सय २९ स्वाबको कोरोना परीक्षण बाँकी रहेको छ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक लाख २३ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण पनि गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ४७ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अछाममा ६ सय ७८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ७९ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार