होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेपालमा पहाड चढ्दै सलह कीरा, कति गर्छ क्षति ?
समाज

नेपालमा पहाड चढ्दै सलह कीरा, कति गर्छ क्षति ?

  • नागरिक रैबार
नेपालमा पहाड चढ्दै सलह कीरा, कति गर्छ क्षति ?

काठमाडौं । नेपालमा तराई मधेस हुँदै भित्रिएको सलह कीरा पहाड चढ्न थालेको छ । सलह कीरा शनिबार बिहान भारतको बिहारबाट नेपालको तराई मधेसमा छिरेको थियो । शनिबार बारामा देखिएको सो कीरा सिन्धुलीको चियाबारी, भीमानमा देखिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव गुरागाँइले जानकारी दिए ।

यो कीरा बारा, पर्सा, सर्लाही, रुपन्देही, तनहुँ लगायतको ठाउँमा पनि देखिएको छ । ‘यो अचम्मको खालको कीरा रहेको छ, यसको क्रियाकलाप अनौंठो छ । विज्ञहरु पनि आश्चर्यमा पारेका छन्’ उनले भने, ‘अहिले नेपाल नआउनुपर्ने कीरा अचानक देखियो । नेपालको हावापानी अनुसार यो पहाडी क्षेत्रमा नदेखिनु पर्ने हो । तर विस्तारै पहाड चढ्न थालेको छ, यस्तो हो भने हिमालसम्म पनि पुग्न सक्छ जस्तो लाग्छ ।’

दुई दिनदेखि दक्षिणी र पश्चिमी वायुको चाप देखिएकाले उत्तरतिर सर्दै गइरहेको उनले बताए ।‘नेपालमा प्रवेश गरेदेखि यो कीरा एक ठाउँमा बसेको देखिएको छैन । सानो सानो टुक्रामा रहेका सलहले ठाउँ परिवर्तन गरिरहेको छ, लाग्छ ती कीराहरु फर्किन खोजिरहेका छन् तर वायुको चापका कारण सकिरहेको छैन, उत्तरतिर धकेलिँदै गइरहेको छ’, उनले थपे ।

विज्ञापन

पाकिस्तान र भारतका विज्ञहरुसँग पनि सल्लाह गर्दा उनीहरुले नेपालको हावापानी अनुसार अहिले त्यहाँ नजानु पर्ने भएपनि कसरी गयो भन्दै आश्चर्य व्यक्त गरिरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘आज हामीले पाकिस्तान, भारतलगायत एफएओका प्रतिनिधिसँग यस विषयमा छलफल गर्यौं । उहाँहरुले यो बेलामा नेपालमा कसरी प्रवेश गर्यो भनि आश्चर्य प्रकट गर्नुभएको छ ।’

भारतबाट थप प्रवेश गरेन भने यो बढ्न नसक्ने विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार नेपालमा यसले बच्चा जन्माउन सक्दैन र त्यसका लागि मरुभूमि नै चाहिन्छ । भारतबाट अझै प्रवेश गरेन भने सानो झुण्डमा रहेका यी कीरा आफै हराउने विज्ञहरुको बुझाइ छ ।

त्यसो त अनेरास्ववियूका पूर्व नेता डिबी तामाङले आफ्नो फेसबुक स्टाटसमा ‘सिन्धुली र काभ्रेमा सलह प्रवेश !’ भएको उल्लेख गरेका छन् । उनले सो स्टाटसमा ‘नेपालमा सलहको खतरा टरेको सुझाव दिने विज्ञहरुलाई जन्तर बुटी लाईदिऊँ !’ भनी व्यंग्य समेत गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार