होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोना कोषमा बाजुराका कर्मचारीले २५ हजार सहयोग गर्ने
स्वास्थ्य-जीवनशैली

कोरोना कोषमा बाजुराका कर्मचारीले २५ हजार सहयोग गर्ने

  • नागरिक रैबार
कोरोना कोषमा बाजुराका कर्मचारीले २५ हजार सहयोग गर्ने

नागरिक रैबार/बाजुरा १५ चैत्र।नेपाल निजामती कर्मचारी संगठन जिल्ला शाखा बाजुराका कर्मचारीहरुले नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा २५ हजार रकम सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाल निजामति कर्मचारी संगठनका कर्मचारीहरुबाट रकम संकलन गरेर उक्त कोषमा २५ हजार जम्मा गर्ने निर्णय गरिएको संगठनले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

चीनको बुहान शहरवाट शुरु भएर संसारभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस अर्थात Covid-19ज्ञढ बाट लाखौं मानिस संक्रमित हुनुका साथै हजारौंले ज्यान गुमाई सकेका छन् भने यस भाईरसका कारण पुरा विश्व नै संकटग्रस्त अवस्थामा छ ।मानव जातीको ईतिहाँसमा यस्तो संकट सायद विरलै मात्र आउने गर्छ जुन यतिवेला हामीले भोग्नु परिरहेको छ । यो भाईरसले धनि, गरिव, सम्पन्न, विपन्न, विकसित र अविकसित केही नछुट्याई सारा मानव जातिको अस्तित्वलाई नै संकटमा पारीरहेको सन्दर्भमा हामी सवैले यसका विरुद्ध एकसाथ मुकाविला गरी सिङ्गो मावन जातिलाई यसवाट वचाउनुपर्ने जिम्मेवारी र चुनौती दुवै हाम्रा सामु देखापरेको छ ।

विज्ञापन

यो कोरोना भाईरसवाट वच्न हामी सवैले आफ्ना आनिवानी र व्यवाहारमा परिवर्तन गर्नुका साथै सरकारका निर्णयहरुलाई ईमान्दारीताका साथ पालना गरी संयमित हुँदै आफु पनि वच्न र अरुलाई पनि वचाउन अभियानकारुपमा सावुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, खोक्दा वा हाछ्युँ गर्दा टिस्यु पेपरले नाकमुख छोप्ने, घर वाहिर नजाने अत्यावश्यक कामले जानै परे पनि भिडभाड नगर्ने र कोरोनासँग सम्वन्धित लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मिको सल्लाह लिई अस्पताल जाने जस्ता सामान्य कामहरु गर्न सकेमा मात्रै पनि यो रोग लाग्न वाट वच्न सकिने कुरा विभिन्न अध्ययनले देखाएको हुँदा यस विषम परिस्थितिलाई मध्येनजर गर्दै संगठनमा आवद्ध सम्पुर्ण संगठक तथा राष्ट्रसेवक कर्मचारीहरु लगायत सम्पुर्ण नेपाली आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरुलाई संवेदनशिल भएर सावधानी र धैर्यतापुर्वक जीवनयापन गर्न हुन संगठनले अनुरोध समेत गरेको छ ।

संगठनले विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मिहरुलाई आवश्यक सामग्रीको तत्काल व्यवस्था गर्नका साथै उनिहरुलाई उत्प्रेरीत गरी यस कार्यमा परिचालन गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

बाजुरा जिल्लामा संगठनले आफ्नो स्थापनाकाल देखि नै पेशाकर्मिहरुको हक, हित र सुरक्षाका अतिरिक्त देश र जनताको सुख, दुःखका साथै सरोकारको विषयमा सधै सहयात्रा गर्दै आएको अवस्थामा महासंकटको यस घडीमा पनि नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुरा आफ्नो तर्फवाट नेपाल सरकार र नेपाली जनताप्रति पुर्णतया उत्तरदायी भई आवश्यक सहयोग गर्न सदैव तयार रेहेको संगठनका बाजुरा अध्यक्ष मीनप्रसाद जैशीले बताए ।

उनले भने यतिवेला सिङ्गो देश र देशवासीहरु कोरोना भाईसरसँग जुधिरहेको वर्तमान अवस्थामा हामी सवैले सरकारलाई आ–आफ्नो तर्फवाट सक्दो सहयोग गर्नु एउटा सचेत र असल नागरीकको कर्तव्य हो भन्ने कुरा मनन् गर्दै हाम्रो जस्तो देशलाई यो महामारीसँग जुधेर आफ्ना नागरीकको जीवन रक्षा गर्नु एक चुनौतीपुर्ण कार्य हो त्यसैले यस संकटको घडीमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति वाजुराले संगठनसँग आवद्ध कर्मचारीहरुवाट सहयोग रकम संकलन गरी नेपाल सरकारको “कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष” को राष्ट्रिय वाणिज्य वैंकमा रहेको खाता नं. १९६०००००११०१ मा जम्मा हुने गरी पच्चिस हजार मात्र आर्थिक सहयोग गर्न लागिएको संगठनका अध्यक्ष जैशीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा उल्लेख भनिएको छ ।

एकले थुकि सुकि सय थुथि नदी भने जस्तै हामी सवैको सानो सानो सहयोगले पनि यस संकटको घडीमा ठुलो सहयोग पुग्ने भएकोले सम्पुर्ण राष्ट्रसेवक कर्मचारी, अन्य संघ संगठनमा आवद्ध निकायहरुलाई पनि आर्थिक सहयोगका लागि आव्हान गर्दै विश्वभर महामारीकोरुपमा फैलिएको कोरोनावाट आफु पनि वचौं र अरुलाई पनि वचाऔं भन्ने अभियानमा संलग्न भई निस्वार्थरुपमा सेवा भावका साथ यस संकटको घडीमा आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण संगठक ज्यु तथा महानुभावलाई संगठनले धन्यवाद समेत व्यक्त गरेको छ ।

हेर्नुहोस विज्ञप्ति

Image may contain: text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै