होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना
समाचार

मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

  • नागरिक रैबार
मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे ।

मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि ती बालिकाको हत्यासमेत गरे । बलात्कार र हत्या आरोपमा उनी पक्राउ परे । त्यसपछि मात्र पहिले गाउँमै मिलापत्रमा टुंग्याइएको बलात्कार घटनाकी पीडित बालिकाका आफन्त न्यायका लागि प्रहरीसमक्ष पुगे ।

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बिहे गरेको ६ महिनामै सुत्केरी भइन् । ६ महिनामै बच्चा जन्माएपछि उनका आफन्तले केरकार गरे । आफन्तको चर्को दबाबपछि मात्र किशोरीले बलात्कृत भएका कारण गर्भ बसेको बताइन् । उनलाई पढाउने शिक्षकलगायत पाँचजनाले बलात्कार गरेको घटना सार्वजनिक भयो । घटना सुरुमा गाउँमै मिलाउन खोजियो तर दबाब बढेदै गएपछि प्रहरीले आरोपित पाँचैजनालाई पक्राउ ग(यो । सिगास गाउँपालिकाकै १८ वर्षीया अर्की किशोरी बलात्कृत भएको घटना ६ महिनापछि सार्वजनिक भएको छ । पीडितलाई एकतोला सुन दिने कागज बनाएर घटना गाउँमै सामसुम पार्न खोजिएको थियो । असार दोस्रो साता पानी भर्न जाँदा दीपकसिंह धामीबाट बलाकृत किशोरीलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने सर्तमा मिलापत्र गरिएको घटना अहिले आएर सार्वजनिक भएको हो ।

मिलापत्र गरिए पनि पीडितले पटकपटक धम्की र सुन नदिएपछि घटना बाहिरिएको हो । यो विषय बाहिर आएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाहीको तयारी गरेको छ ।

बैतडी पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षीय पुरुषले आफ्नै १० वर्षीया छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको घटना गत असारमा बाहिर आएको छ । आमा अर्कै लोग्नेसँग गएपछि बाबुले पटकपटक छोरीलाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ । बाहिर कसैलाई भने मार्ने धम्की बाबुले दिएकाले ती बालिकाले लामो समयदेखि पीडा सहदै आएकी थिइन् । ती बालिकाले पीडा सहन नसकेर गत असारमा घटना सार्वजनिक गरेपछि प्रहरीले उनका बाबुलाई पक्राउ ग(यो । अहिले उनी पुर्पक्ष थुनामा छन् ।

यी त सार्वजनिक भएका बलात्कारका केही प्रतिनिधि घटना हुन् । सुदूरपश्चिमका दूरदराजका गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराइन्छ । प्रहरीले पनि सुदूरपश्चिमका दूरदराजमा बलात्कारका घटनामा मिलापत्र गराइने गरेको पाइएको जनाएको छ । धेरैजसो यस्ता घटना प्रहरीकहाँ पुग्दैनन् र पुग्न चाहनेलाई पनि तगारो हालिन्छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र बिरा गडालले लेखेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै