होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरा अस्पतालमा दन्त उपचार सेवा सूरु
स्वास्थ्य-जीवनशैली

बाजुरा अस्पतालमा दन्त उपचार सेवा सूरु

  • नागरिक रैबार
बाजुरा अस्पतालमा दन्त उपचार सेवा सूरु

नागरिक रैबार/बाजुरा ११ भदौ। जिल्ला अस्पताल बाजुराले आजबाट दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा दन्त सेवा शुरु गरिएको हो । बाजुरा जिल्लामा दाँत सम्वन्धि विरामीहरुको समस्यालाई मध्येनजर गरेर अस्पतालमा आजबाट दन्त उपचार सेवा सूरु गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बताएका छन् ।

उनले भने बाजुरा अस्पतालमा एकपछि अर्को गद स्वास्थ्य सम्वन्धि विभिन्न सेवाहरु थप्दै जाने योजना रहेको बताएका छन् । दाँतको उपचारको लागि अस्पतालले ‘डेण्टल’ छुट्टै कक्ष बनाएर सेवा दिने भएको छ । पछिल्लो समयमा जिल्ला अस्पताल बाजुराको स्वास्थ्य सेवाप्रति विश्वस्त हुँदै दैनिक जसो विरामीहरु अस्पतालमा आउने गरेका छन् ।

दन्त उपचारका आउने विरामीहरुका लागि दाँत सफा गर्ने, दाँत निकाल्ने जस्ता सेवा प्रदान गरिने जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । यसअघि दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएको भएपनि अवदेखि दन्त सम्वन्धि उपचार गर्ने डाक्टर मिनबहादुर खत्री मार्फत दन्त सेवा दिने अस्पतालले जनाएको छ ।

विज्ञापन

जिल्लामा यस अघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिक मार्फत सेवा लिने गरेका थिए । जिल्लाका नागरिकहरुलाई छिटो छरितो र भरपर्दो सेवा दिन दन्त सेवा सुरु गरिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार