होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाढीले पुल बगाएपछि तुईनमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय
समाज

बाढीले पुल बगाएपछि तुईनमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

  • नागरिक रैबार
बाढीले पुल बगाएपछि तुईनमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

नागरिक रैबार/बाजुरा, ११ भदौ । साँफे मार्तडीसडक खण्डको बेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि अहिले बाजुराबासी तुुइनबाट नदी तर्न बाध्य भएका छन् ।

गएको श्रावण २५ मा बुढीगंगा नदीमा आएको बाढीले साँफे मार्तडी सडक खण्ड अन्तर्गत रहेको बोलिब्रिजसंगै झोलुङ्गे पुल बगाएको छ । पुल बाढीले बगाएपछि बाजुराका स्थानीलाई आवातजावत गर्न कठिन भएको हो । पुल बाढीले बगाएपछि बाजुराका स्थानीय दैनिक तुइनको जोखिममा सदरमुकाम आउजाउ गर्न बाध्य छन् ।

बाढी पुल बगाएपछि स्थानीयले तुइन आफै निर्माण गरेका हुन् । पुलको विकल्पमा बाजुरावासी दैनिक ज्यान जोखिममा राखेर नदी वारपार गर्न बाध्य छन् । तुइनमा यात्रा गर्दा स्थानीयमा बुढिगंगा नदीमा खसिने पो हो कि भन्ने डर उत्तिकै छ । सडकमा पुल पुर्ननिर्माणसम्म तुइनको विकल्प छैन ।

विज्ञापन

बाढीले पुल बगाएको लामो समय भैसकेको छ । पुल पुनः संचालनमा ल्याउन स्थानीय सरकार, सडक डिभिजनका जिम्मेवारहरु बेखबर छन् । अवरुद्ध सडक तथा पुल सुचारुका लागि कतैबाट कुनै पहल नहुँदा बुढीगंगा नदीमा तुइनमा चढ्नुको स्थानीयसंग विकल्पै छैन सर्वसाधारण बुढीगंगाको बहावमाथि तुइनमा झुण्डिएर वारपार गरिरहेका छन् । यद्यपी स्थानीय सरकारले तत्काल समस्याको समाधान गर्ने आश्वासन दिदै आएको छ ।

बाढी पहिरोकै कारण साँफे मार्तडीसडक असार २३ गतेबाट पूर्ण रुपमा अवरुद्ध छ । जसका कारण सदरमुकाम मार्तडीसम्म आवत जावत गर्न समस्या भईरहेको छ । सडक विभागले पनि सडक अवरुद्ध भएको यति लामो समय हुँदा सम्म पनि बेवास्ता गरिरहेको छ । सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीय प्रशासन समेत मौन छ । जिम्मेवारहरुको बेवास्ताले वर्षातमा सर्वसाधारणको आवातजावत जोखिम बन्दै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि