नागरिक रैबार/बाजुरा १२ साउन। आईएन एफ नेपाल बाजुराले बडीमालिका नगरपालिका ९ का ४९ परिवारलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरेको छ ।
आईतबार आईएन एफ बाजुराको कोभिड-१९ प्रतिकार्य योजना अन्तरगत बडीमालिका ९ उखाडी, चौराटा र कफल्टाका ४९ जना विपन्न परिवारलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरेको हो ।
बडीमालिका नगरपालिका ९ को समन्वय र आईएन एफ नेपाल बाजुराको सहयोगमा पहिलो चरणमा प्रतिपरिवार १० वटा सरसफाई स्वच्छता सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।
देशभर महामारीका रुपमा फैलिएको कोभिड- १९ बाट बच्न सो वडाका विपन्न परिवारलाई सरसफाई स्वच्छता सामाग्रीहरु वितरण गरिएको आईएन एफ नेपाल बाजुराका क्षमता विकास अधिकृत तिलक भण्डारीले बताए ।उहाँले भने पहिलो चरणमा बडीमालिका ९ का ४९ परिवारलाई र दोस्रो चरणमा सोही वडाकै ५९ परिवारलाई सरसफाई स्वच्छता सामाग्री वितरण गरिने छ ।
आईएन एफ नेपाल बाजुरा शाखा विगत ७ वर्षदेखि बाजुरामा सरसफाई र जिविकोपार्जनका क्षेत्रमा काम गर्दै आईरहेको छ । बडीमालिका ९ मा सरसफाई स्वच्छता सामाग्री वितरण कार्यक्रममा बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विक, वडा सदस्य विरबहादुर हमाल, लालचन्द्र नेपाली, तुला विष्ट, सुना लवार, आईएनएफ बाजुराका क्षमता विकास अधिकृत तिलक भण्डारी, नेपाल पत्रकार महासंघ उपाध्यक्ष निमेन्द्र शाही लगायतको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु