होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कोल्टीमा स्वाथ्यकर्मी गिरी माथि आक्रमण
समाज

कोल्टीमा स्वाथ्यकर्मी गिरी माथि आक्रमण

  • नागरिक रैबार
कोल्टीमा स्वाथ्यकर्मी गिरी माथि आक्रमण

नागरिक रैबार/बाजुरा १२ साउन। जिल्लाको बुढीनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी माथि आकर्मण भएको छ । कोेल्टी प्राथिमक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव सिहराज गिरीमाथि आइतबार राति स्थानीय युवाहरुले आक्रमण गरेका हुन् ।

स्थानीय केशर भाटको नेतृत्वको पाँच जनाको टोलीले अहेव गीरीलाइ आक्रमण गरि हात भाँचेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले बताए।

आकस्मिक कक्षमा रातिको समयमा विरामीको उपचारमा खटिएका गिरीलाई केशर भाटको नेतृत्वको टोलीले आकर्मण गर्नुका साथै ज्यान मार्ने धम्की, गाली गलौज सहित कुटपिट गरी हात भाचिएको डाक्टर जैशीले बताए ।

विज्ञापन

स्वास्थ्यकर्मीलाई आक्रमण गरी घाइते बनाएको प्रति स्वास्थ्य केन्द्र कोल्टीले  एक विज्ञप्ति जारी गर्दै आकर्मण गर्ने पाँच जनालाइ कारबाहीको माग गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी माथि पटक पटकको आक्रमण गरी ज्यान मार्ने धम्की,कुटपिट लगायतका कार्य हुदै आएकाले दोषीलाई कारबाही नभएसम्म आकस्मिक सेवा र सुत्केरी सेवा बाहेकका अन्य सेवा सोमबारदेखि नै अनिश्चित कालसम्मका लागि बन्द गरिने बताइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आएका केशर भाट सहितको टोली मास्क र स्वास्थ्य सुरक्षा सामग्री प्रयोग नगरेर आएकाले संक्रमण ऐन अनुसार कारबाही गर्न ईलाका प्रहरी कार्यालय कोल्टीमा जोहरी दिएको प्रमुख डाक्टर जैशीले बताएका छन् । घाइते भएका गिरीको उपचारका लाथि नेपालगञ्ज रिफर गरिएको छ भने आकर्मण गर्ने केशर भाटलाई प्रहरीले पक्राउ गरेको छ  भने अन्य चार जना फरार रहेका छन् ।

स्वाथ्यकर्मी माथि आक्रमण गिरीको हात भाचियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि

भर्खरै