होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सार्वजनिक यातायात व्यवसायी किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य
देश/प्रदेश

सार्वजनिक यातायात व्यवसायी किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

  • नागरिक रैबार
सार्वजनिक यातायात व्यवसायी किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

काठमाडौं – सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् ।

कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सरोज सिटौला भन्छन्, ‘व्यवसायी मोबाइल अफ गरेर बस्नुपरेको छ, गाडी कुहिन थालिसके, सरकारले कुनै राहतको व्यवस्था गरेको छैन, बैङ्कको किस्ता तिर्न सक्ने अवस्था छैन, बैङ्कको किस्ता पछि सारिदेउ भन्दा पनि भएको छैन, तिर्दैन त भनेका छैनौँ नि पछि तिर्छौं भन्दा पनि भएको छैन ।’

उनका अनुसार बन्दाबन्दीले सबैभन्दा प्रभावित भएको सार्वजनिक यातायात क्षेत्र हो । तीन लाख ५० हजार यात्रुवाहक सवारी थन्किएका छन् । कहिलेदेखि गाडी सञ्चालन हुन्छ भन्ने कुरो सरकारले टुङ्गो नलगाउँदा व्यवसायीमा झन् निराश बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १६ घन्टा अगाडि