होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • लकडाउनको मौकामा वडा कार्यालय सारेपछि स्थानीयले गरे बिरोध
Breaking News

लकडाउनको मौकामा वडा कार्यालय सारेपछि स्थानीयले गरे बिरोध

  • नागरिक रैबार
[sharethis-inline-buttons]
लकडाउनको मौकामा वडा कार्यालय सारेपछि स्थानीयले गरे बिरोध

बाजुरा १५ बैशाख। जिल्लाकाे त्रिवेणि नगरपालिका वडा न.९ को कार्यालय लकडाउनको मौकापारी सारिएपछि स्थानीयले बिरोध जनाएका छन्।

स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार स्थाइ वडा पालिकाको स्थाइ केन्द्र वडा समितिको दुई तिहाइ बाट सरकारले परिवर्तन गर्न मिल्ने तर अस्थायी रूपमा सरकारले तोकिएको केन्द्र बाहेक अन्यन्त्र सार्न नमिल्ने प्रावधान नरहेको भएपनी वडा अध्यक्षले मनोमानी तरिकाले वडा कार्यालय सारेको स्थानिय बलराम बिस्टले बताउनु भएको छ।

त्रिवेणी नगरपालिका वडा नं ९ बाँगापाटामा एकजना ब्यक्तिमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको थियो पोजेटिभ देखिएकै ब्यक्तिको घर नजिक पहिला वडा कार्यालय रहेको र त्यतिखेरै कोरोनाको डरले वडा कार्यालय सारिएको हुनु पर्ने अर्का स्थानीय लोचन बिस्टले बताउनु भयो।

अहिले वडा कार्यालय रत्न मा बि को भवनमा सारिएको छ। वडा कार्यालय तत्काल सबैको पाएक पर्ने ठाउमा नसारिए वडाबासी आन्दोलनमा उत्रिने बलराम बिस्टले जानकारी दिनुभएको छ ।

उता वडा अध्यक्ष वीर बहादुर बिष्टले भने वडा कार्यालय घरमा रहेको र घरका कोठा बैठकहरु संचालन गर्न ठाउँ अपर्याप्त हुने र अहिले झन् सामाजिक दुरिकायम गरेर बैठक संचालन गर्दा ठाउनै नपुग्ने हुदा ब्यबहारिक हिसाबले अस्थायी रुपमा रत्न मा.बि.मा सारिएको र छिट्टै सबैको पाएक पर्ने ठाउँमा राखिने भएकाले यसलाइ धेरै ठूलो विषय नबनाउन आग्रह गर्नु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै