होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • कोरोनासँग लड्न के खाने ? यी खानेकुराले बढाउँछ इम्युनिटी पावर
पत्रपत्रिका

कोरोनासँग लड्न के खाने ? यी खानेकुराले बढाउँछ इम्युनिटी पावर

  • नागरिक रैबार
कोरोनासँग लड्न के खाने ? यी खानेकुराले बढाउँछ इम्युनिटी पावर

रोगले न उमेर भन्छ, न वर्ग, न समुदाय, न जात । जोकोहीलाई पनि जुनसुकै समयमा रोगले आक्रमण गर्न सक्छ । तर, आफूसँग प्रतिरोधात्मक क्षमता बलियो भयो भने जस्तोसुकै रोगलाई पनि परास्त गर्न सकिन्छ ।

प्रतिरोधात्मक क्षमता कसरी बढाउने त ? कस्ता खानेकुरा खायो भने प्रतिरोधात्मक क्षमता बढ्छ ? शरीरलाई स्वस्थ राख्न के गर्ने ?

यिनै विषयमा डा. अरुणा उप्रेतीसँग कुरा गरेका छौँ । प्रस्तुत छ, डा. उप्रेतीसँग गरेको कुराकानीको सम्पादित अंशः

विज्ञापन

कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा मात्र होइन, विश्वमा नै फैलिएको छ । यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । त्यसैले यसबाट जोगिने भनेको आफैँ हो । स्वस्थ्य खानपान र स्वस्थ्य जीवनशैली अपनाउने हो भने कोरोनासँग आफैँ लड्न मद्दत पुग्छ । रोगसँग लड्ने क्षमता कम भएकालाई कोरोना लागेको देखिन्छ । खानपानमा विशेष ध्यान दिने हो भने रोगसँग लड्ने क्षमता बढ्छ ।

इम्युनिटी कम भएका, डाइबिटिज र उच्च रक्तचाप भएका मान्छेलाई कोरोना भाइरस लागेको देखिन्छ । ६० वर्षमाथिका मान्छेलाई बढी जटिल हुन्छ । त्यसैले डाइबिटिज, उच्च रक्तचाप र इम्युनिटी पावर कम भएका व्यक्तिले सजगता अपनाउनु आवश्यक छ । कोरोनाबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । मीठोमीठो खान्छु भनेर खानु हुँदैन ।

यो समयमा घरमै पकाएर तातो खानेकुरा खाने । बाहिरको खानेकुरा खाँदै नखाने । घरमै पकाएर स्वस्थ खानेकुरा खाने । जसले रोगसँग लड्ने शक्ति दिन्छ । आवश्यक मात्रामा मसलाहरू खाने हो भने इम्यिुनिटी पावर बढ्छ ।

के खायो भने इम्युनिटी पावर बढ्छ ?

  • बेसार
  • मरिच
  • खोर्सानी
  • जिरा
  • धनियाँ
  • मेथी
  • टुसा उमारेका खानेकुरा
  • मह
  • कागती
  • अमला
  • अम्बा
  • फलफूल
  • दही
  • मोही
  • चिज
  • माछा मासु र अण्डा राम्रोसँग पकाएर ।

विशेषतः यी माथि उल्लेख गरिएका अधिकांश खानेकुरा हाम्रो भान्छामै हुन्छन् । यी खानेकुरा नियमित खाने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्नबाट जोगिन सकिन्छ ।

अरु के गर्ने ? के नगर्ने ?

  • धूमपान, मद्यपान नगर्ने
  • नियमित ब्यायाम गर्ने
  • ध्यान योग गर्ने
  • किताब पढ्ने
  • समयमा सुत्ने
  • समयमै उठ्ने
  • सकारात्मक सोच्ने
  • तनाव नलिने
  • साबुनपानीले हात धुने
  • भीडभाडमा नजाने
  • शरीरमा समस्या आए अस्पताल जाने

बालबालिकालाई स्वस्थ खाना पकाउन सिकाउने

बालबालिकाका लागि यो सिकाउने समय पनि हो । उनीहरूलाई स्वस्थकर खाना पकाउन सिकाउनुपर्छ । खतरा र चुनौतीसँगै यो सिक्ने अवसर पनि हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार