होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री संसदबाट भागेर होइन संसदमा आएर जवाफ दिनुपर्छ : बद्री पाण्डे
राजनीति

प्रधानमन्त्री संसदबाट भागेर होइन संसदमा आएर जवाफ दिनुपर्छ : बद्री पाण्डे

  • नागरिक रैबार
प्रधानमन्त्री संसदबाट भागेर होइन संसदमा आएर जवाफ दिनुपर्छ : बद्री पाण्डे

काठमाडौं, १५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भईरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद पाण्डे सरकारक एक पछि अर्को गर्दै काण्डै काण्डमा मुछिदै गएको भन्दै ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभएको हो ।

प्रमुख प्रतिपक्षी दलले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको अडियो, प्रधानमन्त्रीको जन्मोत्सव लगायतबारे प्रधानमन्त्रीको जवाफ मागिरहेका बेला सरकार मौन बसेकोमा आक्रोश पोख्दै उहाँले प्रधानमन्त्री संसदबाट भागेर नभई संसदमा आएर जवाफ दिनुपर्ने बताउनुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो “प्रधानमन्त्री संसदबाट भागेर होइन । संसदमा आएर यो कुराको जवाफ दिनुपर्छ ।”

उहाँले सञ्चारमन्त्री बाँस्कोटालाई सुपुत्र वा सो सरह व्यवहार गर्ने प्रधानमन्त्रीले उनलाई कारवाही गर्न सचिवालय बैठकमा कुरा उठ्दा बचाउ गरेको र ‘यो विषय पार्टीको एजेण्डा हुन सक्दैन’ भन्दै रोकेकाले प्रधानमन्त्री स्वयंममा पनि शंका उब्जाएको दाबी सांसद पाण्डेले गर्नुभयो ।

सञ्चारमन्त्रालय अन्र्तगतका आयोजनाहरुमा अरबौ भ्रष्टाचारको खेल भएको भन्दै उहाँले ७० करोड कमिसन काण्डको अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “हामी के निष्कर्षमा पुग्छौ भने त्यो ७० करोडको काण्ड एक्लो संञ्चारमन्त्री गोकुल बास्कोटाले गर्नुभएको होइन । उहाँ दृश्यमा देखिनुभयो । मञ्चमा देखिनुभयो । मानिसहरु भन्छन् । नेपथ्यमा प्रधानमन्त्री स्वयंम र प्रधानमन्त्री जत्तिकै शक्तिशाली व्यक्तिहरु छन् भनेर चर्चा गर्न थालेका छन् । यो खेलका पछाडि धेरै ठूला शक्ति छन् । स्वयम् सम्माननीय प्रधानमन्त्री ज्यू हुनुहुन्छ कि भन्ने गम्भीर आशंका छ । गोकुल बाँस्कोटालाई बलिको बोको बनाएर । उहाँलाई बलि चढाएर बाँकीले आफु पापबाट मुक्त हुने यो कुनै धार्मिक विश्वासको कुरा होइन । संबैधानिक र कानुनी कुरा हो । यसलाई यही रोक्न पाईदैन । यहाँबाट अगाडि बढ्नुपर्छ ।”

उहाँले भन्नुभयो “सरकारको प्रवक्ता भनेको सरकारको मुख हो । मुखै त्यती बैरी छ भने सरकारको बाँकी शरिर के होला ? सरकारको हृदय के होला ? सरकारको भावना के होला ? सरकारको चेष्टा र चाहना के होला ? सरकारको लक्ष्य के होला ? हामी सहजै अनुमान गर्न सक्छौ । ”

एकपछि अर्को गर्दै सरकार काण्डै काण्डमा मुछिदै गएको र एउटा काण्डलाई ढाकछोप गर्न सरकार स्वयम्ले अर्को काण्ड श्रृजना गर्ने गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

पुर्व संञ्चारमन्त्रीको ७० करोड कमिसनको मोलमोलाई गर्दै गरेको काण्डलाई प्रधानमन्त्रीको जन्मोत्सवको काण्डले छोप्ने काम भएको तर्क उहाँले गर्नुभयो । जन्मोत्सवको काण्डका बारेमा प्रश्न उठ्न थालेपछि संविधान संशोधनको बेमौसमी काण्ड गरेर चर्चामा ल्याउने प्रधानमन्त्रीबाटै भएको आरोप पनि उहाँले लगाउनभुभयो ।

उहाँले भन्नुभयो “एउटा काण्ड सकिन नपाउँदै त्यो काण्डलाई छोप्न ढाक्न लगाउने गरि अर्को काण्ड त्यसका उपरीमा आउँछ । अनि त्यो काण्ड भित्रै गुम्सीन्छ । यो काण्डै काण्डहरु र काण्डैकाण्डहरुमाथि छोपिएका ढकनहरुले भित्रभित्रै यी काण्डहरु गुम्सीने र कुहिने र काण्डहरु दुर्गन्धित हुने र डुङ्गडुङ्ग्ती गन्हाउने, र त्यसको प्रभाव सरकार र राष्ट्रिय राजनीतिमा देखिने, विकासको गतिमा देखिने, समृद्धिको यात्रामा देखिने खतरा हामीले देख्दै आएका छौ । ”

प्रधानमन्त्रीको भव्य जन्मोत्सव समारोहमा ८२ लाख खर्च भएको तथ्यांक बाहिर आएको भन्दै विवादित कम्पनी यति होल्डिङकोे हेलिकोप्टरबाट केक लगेर नेपालको नक्सालाई टुक्रा टुक्रा पारी खाने कामलाई त्यहाँका जनताले के भने होलान् भनि प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीले आफ्नो जन्मोत्सवमा देखाएको क्रियाकलापले सत्ता र शक्तिको उन्मादमा मान्छे कति धेरै र्निलज्ज हुँदा रहेछन् भन्ने स्पष्ट देखाएको भन्दै प्रश्न गर्नुभयो “प्रधानमन्त्रीको यो काम अग्रगामी ठान्नुभयो होला कि प्रतिगामी ? यो काम गणतन्त्र अनुकुलको होला कि राजतन्त्र अनुकुलको होला ? प्रधानमन्त्रीले आठराईमा देखाएको काम सर्वहारा प्रगतिशिल केपी ओलीको होला कि राजा महाराजा वा महासामन्तको अवतार लिईसक्नुभएको सम्मानीय प्रधानमन्त्री केपी ओलीको होला ? आज आठ राईका जनताले प्रश्न गरिरहेका छन् । यो प्रश्नको जवाफ दिने काम मेरो होइन । यो प्रश्नको जवाफ दिने काम प्रधानमन्त्रीले गर्नुपर्छ । प्रधानमन्त्री संसदबाट भागेर होइन । संसदमा आएर यो कुराको जवाफ दिनुपर्छ ।”

नेकपाका सांसद खिमलाल भट्टराईले केही तथ्यांक दिदै सरकारका कामको बचाउ गरेपछि लगत्तै बोलेका सांसद पाण्डेले मिथ्यांक नमिसाईकन चामत्कारिक काम गरेर देखाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “मलाई यस्तो लाग्यो कि, अर्थमन्त्रीको पद अब खाली हुँदै छ । उहाँ अब बजेट भाषणको पुर्व तयारीमा हुनुहुन्छ कि जस्तो पनि लाग्यो । त्यसैले म शुभकामना पनि दिन चाहछु । बधाई पनि दिन्छु । वास्तवमा यो थलोमा हामीले धेरै ताबेदारी गर्न थाल्यौ भने यो भारदारीसभामा परिणत हुन्छ । यो थलोलाई विचारको अभ्यासमा स्थापित गर्नुपर्छ । त्यसो भयो भने सरकारलाई ठेगान लगाउन सकिन्छ । सरकारलाई ठेगान लगाउने काम प्रतिपक्षीको मात्रै होइन सत्तापक्षको पनि हो । इमाउन्टेन टीभिबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार