होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बल्खु पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडा कब्जा गर्छौँ : महेश बस्नेत
समाचार

बल्खु पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडा कब्जा गर्छौँ : महेश बस्नेत

  • नागरिक रैबार
बल्खु पार्टी कार्यालयमा आँखा लगाए पेरिसडाँडा कब्जा गर्छौँ :  महेश बस्नेत

नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् । शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए ।

उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय, ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ । पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।’

उनले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिए । प्रचण्डको चुनाव चिन्ह हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनालाई सोही चिन्हमा चुनाव लडन भन्दै सूर्य चिन्ह केपी ओलीको रहेको दावी गरे । उनले भने–‘अब सूर्य चिन्हतिर आँखा नलगाउनुस् तपाईको कुनै अधिकार छैन ।’

विज्ञापन

ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गरे । ललितपुरको ओली समूहको कार्यकर्ता भेलालाई महेश बस्नेत अघि
उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार