काठमाडौं, ११ पुष । सरकारले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बेलुका बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसदका दुई अधिवेशनबीचको समय ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार पुस १७ गतेदेखि बस्नेगरीराष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो । संघीय संसदको प्रतिनिधिसभा भने विघटन भइसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु