होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कुलमान नै किन चाहन्छन् आम मानिस ?
समाचार

कुलमान नै किन चाहन्छन् आम मानिस ?

  • नागरिक रैबार
कुलमान नै किन चाहन्छन् आम मानिस ?

काठमाडौं । आम जनता कुलमान घिसिङप्रति कति आशक्त छन् भन्ने उदाहरण एकाएक दोस्रो कार्यकालमा सरकारले नियुक्ति गर्ने प्रसंगलाई लिएर भाइरल भएको बधाईबाट पुष्टि हुन्छ । मंगलबार एकाएक सामाजिक सञ्जालमा कुलमान घिसिङलाई बधाईको ओइरो आयो तर कुलमानको पुनर्नियूक्तिको प्रसंगनै झुट थियो ।

मन्त्रिपरिषदले कुलमानलाई दोस्रो कार्यकालको लागि नियुक्त गरेको भन्दै उत्साहका साथ बधाइ दिन थाले मानिस । यद्यपि, यस विषयमा उर्जामन्त्रीले स्पष्ट पारिसकेका छन् । मन्त्रिपरिषदको बैठकमा यस्तो कुनै प्रस्ताव लगिएको थिएन । खैर जेहोस तर उनी आम मानिसको मन मष्तिस्कमा बसिसकेका छन् भन्ने गतिलो उदाहरण हो बधाइ दिन गरिएको हतारो ।

सामाजिक सञ्जालमा देखिएको कुलमानप्रतिको आशक्ति
कलाकार सिताराम कट्टेल(धुर्मुस)ले पनि सामाजिक सञ्जालमा मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य भन्दै बधाइ दिन भ्याए । यता डा.राम उप्रेतीले पनि राम्रो काम गर्दा जनताले माया गर्छन् भन्दै घिसिङलाई बधाई दिए । सामाजिक सञ्जालमै प्रकाश बस्नेतले पनि कुलमानलाई अल्छी भन्दै ४ बर्षमा एक दिन पनि बत्ति काट्न जागर नगरेको भनेर लेखे ।

फेरि पनि यस्तै अल्छी गर्नु भन्दै उनले बधाई दिए । यी त सामाजिक सञ्जालका प्रतिनिधि उदाहरण मात्र हुन् । कतिपयले गलत समाचार नै भएपनि सबैले बधाइ दिएपछि सरकारलाई एक प्रकारको दबाब महसुस हुने विश्लेषण गर्न थालेका छन् । केही व्यक्तिले त फोटोको फ्रेम नै बनाएर कुलमानको फोटो सहित तिमी छौ र त देश उज्यालो छ भन्दै प्रोफाइल बनाइरहेका छन् । कुलमान प्रतिको आममानिसको आशक्त सामाजिक सञ्जालमा अहिले छरपष्ट देख्न सकिन्छ ।

कुलमान कसरी आम मानिसको मन मतिष्कमा बस्न सफल भए ? चर्चा यसैबाट गरौं

अबको १९ दिनपछि (भाद्र २९) घिसिङको कार्यकाल सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा अधिकांश उनको पुरागमन हुनुपर्ने माग गर्छन् । तर केही जमात उनी आफै लोकप्रिय भएकाले उनले अन्य क्षेत्रमा पनि उत्तिकै अवसर पाउनेछन् । यसैमा मरिमेट्नु पर्ने कारण नरहेको बताउँछन् । तर लोडसेडिङको प्रत्यक्ष मार खेपेका आम मानिस त्यही लोडसेडिङदेखि त्रसित छन् ‘कतै कुलमान बाहिरिएपछि पुरानै प्रवृत्ति दोहोरिएर फेरि सास्ती पाउनुपर्ने त होइन ?’

कुनै सयम यस्तो पनि थियो हरेक दिन लोडसेडिङको तालिका सार्वजनिक हुन्थ्यो, त्यो पनि १८÷१८ घण्टा । साँझ पर्यो कि सर्वसाधारण वैकल्पिक उज्यालोको जोहो गर्न हतारिन्थे । लोडसेडिङकै कारण विद्यार्थीले रातको समयमा पढ्न पाउँदैनथे भने उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न पाउँदैनथे ।

जतिबेला बत्ति आउनेभन्दा जाने समय धेरै थियो अर्थात लोडसेडिङले अन्धकार बनेको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका नेपालीलाई कुलमानको आगमनपछि लोडसेडिङ हुने समस्याबाट मुक्ति मिलेको छ । अध्याँरो नेपाललाई उज्यालो छरेर हरेक दिन लोडसेडिङको तालिका हेर्न पर्ने अवस्थाबाट आम सर्वसाधारणले मुक्ति पाए । घिसिङको फेक टिव्टर अकाउन्टमा मंगलबार पुनःनियुक्तिको विषय आएपछि समाचार भाइरल बनेको थियो ।

सातौं तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेन । अरुले लक्ष्मी पुजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्र पुगे र लोडसेडिङ हुन नदिन अनवरत खटिरहे । ३१५ मेगावाट सम्मको माग धान्न सफल भए ।

कुलमानले सबैभन्दा पहिला उत्पादन भएको एक चौथाइ विद्युत चुहावट हुने गरेकोमा पहिलो वर्षमा तीन प्रतिशतले घटाए । यसले नै उनलाई उज्यालोको यात्रामा अनवरत साथ दिइरह्यो । आर्थिक वर्ष २०७२÷०७३ मा केन्द्रिय विद्युत प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट थियो । घिसिङको कार्यकालको पहिलो वर्षमा तीन प्रतिशत विद्युत चुहावट घट्यो । अहिले २०७६/०७७ सम्म आइपुग्दा विद्युत चुहावट १५.१७ प्रतिशतमा सिमित छ । १ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्दा प्राधिकरणलाई ७० करोडभन्दा बढी फाइदा हुनेछ । सधंै घाटामा जाने प्राधिकरणले गत आवमा ११ अर्ब नाफा कमाएको छ ।

कुलमान नै किन चाहन्छन् आमजनता ?
तर यता केही विद्युतका क्षेत्रमै काम गर्नेहरु भने विद्युत नियमन आयोगले विद्युतको महसुल बृद्धि गरिदिएका कारण प्राधिकरण नाफामा गएको बताउँछन् । हुन त प्राधिकरणको प्रतिस्पर्धी कोही छैनन । त्यसैले उसले नाफा गर्न सकेको छ । त्यसमा पनि कुलमानको व्यवस्थापकिय क्षमताका कारण उनको आगमनदेखि नै प्राधिकरण नाफामा गएको छ ।

विद्युत नियमन आयोगले २०७२ माघमा डेडिकेटेड फिडरमार्फत ग्राहकले प्रयोग गर्ने विद्युत र २०७३ साउनमा सबै उपभोक्ताले प्रयोग गर्ने विद्युतको शुल्कमा समायोजन गरेको थियो । उनी आउनु ठिक अगाडि समायोजन गरेकाले पनि प्राधिकरणलाई नाफामा लैजान सहज भएको केही जानकारहरु बताउँछन् । यता केही विद्युत उत्पादकहरु भने प्राधिकरणले उत्पादकसँग सस्तोमा किनेर आफुले महंगोमा बेचेपछि नाफा गरेको आरोप लगाउँछन् ।

तर अब आम नेपाली जनता फेरि देश लोडसेडिङ भएको हेर्न चाहाँदैनन । कुलमान बाहिरिए कहाँ जालान् र उनका ठाउँमा कस्ता व्यक्ति आउलान भन्ने चासो र चिन्ता दुबै छ । उज्यालो बनाउने कुलमान निरन्तरताको आवाज धेरै उठेको छ । उनको निरन्तरता वा बर्हिगमन के हुन्छ आगामी निकट दिनमै थाहा होला ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि