होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चुहिने घरसँगै भाेकाे पेट
देश/प्रदेश

चुहिने घरसँगै भाेकाे पेट

रोग र भोकको सन्त्रासमा बाँच्न विवश

  • नागरिक रैबार
चुहिने घरसँगै भाेकाे पेट

कपिलवस्तु,१० भदाै । कपिलवस्तुका विपन्नको दैनिकी निकै कष्टकर छ । वर्षात लागेसँगै ओत लाग्ने गतिलो घर छैन । कोरोनाको त्राससँगै भोक र ओतले सताएको छ । कोरोनाले गरिखाने सबै ठाँउ बन्द भएका छन् । दिनभरी ज्याला मजदुरी गरिखाने ठाउँसम्म बन्द भएपछि विपन्नहरुको दैनिकी कष्टकर बनेको हो ।

ओत लाग्ने घर छ, तर छानाबाट पानी चुहिन्छ । सरकारले जनता आवास कार्यक्रम पनि संचालन गरेको छ । तर, यी बस्तीमा सरकारी कार्यक्रम पुगेको छैन । गतिलो घर नहुँदा विपन्नहरु चुहिने छाप्रोमा दिन कटाउन बाध्य छन् ।

यी गाउँ नगर बस्तीमा चुनाउको बेला नेताको निकै दौड धुप हुन्थ्यो, तर चुनावपछि यी बस्तीमा कोही पुगेको छैन । स्थानीयलाई न्यूनतम दैनिक धान्न पनि सकस छ । घर गतिलो छैन । वर्षे झरी लागे पानी चुहिएर समस्या छ । पानी चुहिनुको साथै बिहान बेलुकी छाक टार्न पनि उत्तिकै गाह्रो छ ।

विज्ञापन

कपिलवस्तुका सर्वसाधारण लामो समयको लकडाउनले मारमा पर्दै आएकोमा पछिल्लो समय निषेधाज्ञाले थप आक्रान्त भएका छन् । यी बस्ती बसेको जमिन स्वयं उनीहरुको होइन, सडक विभागको जग्गामा उनीहरु दिन काटीरहेका छन् । सरकारले कोही कसै पनि भोकभोकै मर्न नपर्ने बताउदै आएको छ । सरकारले सिंहदरबारमा भोकभोकै मर्न नपर्न बताएपनि कपिलवस्तुका यी बस्तीमा भोकले सताएको छ ।

संविधानमा खाद्य सम्प्रभुतालाई मौलिक हकमा व्यवस्था गरिएको छ । आवासको कुरा संविधानले बोलेको छ । तर कपिलवस्तुका यी बस्तीमा संविधानमा जे जे लेखिएको भएपनि कुनै प्रभाव पार्न सकेको छैन । भोक र ओतको समस्याले विपन्नहरु छटपटिरहेका छन् समाजवादीको नारा लगाउने सरकारको कपिलवस्तुमा पनि ध्यान पुगेको छैन ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २0 घन्टा अगाडि