होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५८९ पुग्यो
समाचार

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५८९ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५८९ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५८९ पुगेको छ । मंगलबार १५ र विभिन्न मितिमा अपडेट नगरिएका १७४ जनाको विवरण प्राप्त भएसँगै निको हुनेको संख्या ४ हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार कञ्चनपुरबाट ४, डोटीबाट ४, बझाङ्गबाट ६ र सेती प्रादेशिक अस्पतालबाट १ गरी १५ तथा विभिन्न मितिमा अपडेट नगरिएका कैलालीबाट १४ र बझाङ्गबाट १६० जना निको भएर घर गएको विवरण प्राप्त भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

हालसम्म ५५ हजार ४७ जनाको पिसिआर विधिबाट परीक्षण भएकोमा ५ हजार ४६६ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार ४१७ जनाको स्वाब नमुनाको रिजल्ट आउन बाँकी रहेको कार्कीले बताए ।
फेला परेका संक्रमित मध्ये अछाममा ८७१, बैतडीमा ३३१, बझाङ्गमा २९६, बाजुरामा ४५२, डडेल्धुरामा, ३१४, दार्चुलामा ४४, डोटीमा ८९६, कैलालीमा १६१४ र कञ्चनपुरमा ६४८ जनारहेका छन् ।
यो प्रदेशमा कोरोनाबाट १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

विज्ञापन

यसैबीच गएको २४ घण्टामा गरीएको परीक्षणमा सेती प्रादेशिक अस्पताल प्रयोगशालाबाट ३४, डडेल्धुरा अस्पताल प्रयोगशालाबाट ५० र जिल्ला अस्पताल डोटीबाट ४५ जना गरी १२९ जनामा कोरोना पुष्टि भएको पनि कार्कीले बताए । प्रदेशमा अझै २ हजार १९८ पुरुष र ९ सय ८१ महिला क्वारेन्टिनमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार