होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रतिपक्षीले आज पनि अवरुद्ध गरे सुदूरपश्चिम प्रदेश सभा बैठक
Breaking News

प्रतिपक्षीले आज पनि अवरुद्ध गरे सुदूरपश्चिम प्रदेश सभा बैठक

  • नागरिक रैबार
प्रतिपक्षीले आज पनि अवरुद्ध गरे सुदूरपश्चिम प्रदेश सभा बैठक

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले शुक्रबारको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले बैठक अवरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए। सरकारले कोरोना नियन्त्रण तथा पिसीआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको भन्दै सरकारलाई दबाब दिन प्रतिपक्षीले बैठक अवरुद्ध गरेका हुन्।

पिसीआर परीक्षणविना घर पठाईदा समुदायमा जोखिम बढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता डा. रणवहादुर रावलले बताए। बैठकमा राजपा नेता कृष्णकुमार चौधरीले विरोध गर्नुको कारणबारे व्याख्या गरेका थिए। प्रदेशको अर्को बैठक आइतबार ३ बजे बोलाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै