अछाम १२ चैत । अछाममा दुइजनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको आशंका गरिएको छ । आफना आफन्त संग भारतबाट आएका ढकारि गाउपालिकाका पाँच बर्षिय बालकलाई मंगलसैन स्थित अछाम जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
साथै भारतबाट आएका आर्का एक ब्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । छ दिनदेखि निरन्तर ज्वरो आएपछि भारतबाट आएका साविकको जनाली बण्डालीका ती युवालाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिनुभएको छ ।
यस अघि मंगलबार स्वासप्रश्वासमा समस्या भएपछि मंगलवार बयालपाटा अस्पतालमा उपचार गर्न आएका एक वृद्धलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले आइसोलेसन वार्डमा राखेको छ ।
बयालपाटा अस्पतालका डाक्टर विकास गौचनका अनुसार अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका ७२ वर्षीया व्यक्ति पनि केहि दिनअघि भारतबाट आएका थिए । साइपालन्युजबाट
फेसबुक प्रतिक्रियाहरु