होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिको कार्यक्रमबाटै प्रधानमन्त्रीलाई दबाब दिन १ लाख पत्र संकलनको कार्य शुरु
समाचार

राष्ट्रपतिको कार्यक्रमबाटै प्रधानमन्त्रीलाई दबाब दिन १ लाख पत्र संकलनको कार्य शुरु

  • नागरिक रैबार
राष्ट्रपतिको कार्यक्रमबाटै प्रधानमन्त्रीलाई दबाब दिन १ लाख पत्र संकलनको कार्य शुरु

फागुन १४ धनगढी : पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई बुझाइने एक लाख पत्र संकलन कार्य शुरु भएको छ। बुधबार विश्व सहित्य सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी पुगेपछि त्यसै खुल्ला मञ्चबाट बोलन्या थली धनगढीले १ लाख पत्र संकलनको कार्य थालेको हो।

पत्र संकलनको शुभारम्भ ८४ वर्षीय भोजबहादुर चन्दबाट गरिएको छ। दिउँसो  ४ बजेसम्म उक्त कार्यक्रममा १ हजार ४ सय भन्दा बढी पत्र संकलन भइसकेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

पश्चिम सेतीका बारेमा रचनात्मक विरोध स्वरूप आयोजना गरिएको कार्यक्रमबाट संकलन भएको ७५० पैसासहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी भएको उनले बताए।

विज्ञापन

पत्र संकलनका लागी प्रदेशभरीका ८८ वटा स्थानीय तहमा पत्र मन्जुसा पठाउने काम अघि बढिरहेको संयोजक यादव जोशीले बताए। त्यसपछि ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० नागरिक ७५० मिनेट अनशन बस्ने समेत उनले बताए।

यसअघि बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार